ट्रपेएक्स-२०२३ नामक यस वार्षिक थिएटर स्तरको अभ्यासमा सेना, वायुसेना र तटरक्षकहरू पनि नौसेनामा सामेल भएका छन्।

भारतीय नौसेनाले हिन्द महासागरमा ठूलो अभ्यास गरिरहेको छ। यस अभ्यासमा ४० हजार नौसैनिकले भाग लिएका थिए । ट्रपेएक्स-२०२३ नामक यस वार्षिक थिएटर स्तरको अभ्यासमा सेना, वायुसेना र तटरक्षकहरू पनि नौसेनामा सामेल भएका छन्।

भारतीय नौसेना स्रोतका अनुसार यस अभ्यासमा युद्धको अवस्था सिर्जना भएको छ । यथार्थमा यस्तो अवस्था सिर्जना भएमा भारतीय सेनाले संयुक्त रुपमा कसरी सामना गर्ने भन्ने रिहर्सल भइरहेको छ । २४ जनवरीबाट सुरु भएको अभ्यास आगामी मार्चसम्म चल्नेछ ।

यो अभ्यास हिन्द महासागरका विभिन्न भागमा भइरहेको छ। नौसेनाका करिब ६० युद्धपोत, पाँच पनडुब्बी र करिब ७० युद्धविमान र हेलिकप्टरको सहभागिता रहेको छ । यो अभ्यासमा नौसेनाको पूर्वी र पश्चिमी कमाण्डको सहभागिता रहेको बताइएको छ । विमान वाहक आईएनएस विक्रमादित्य, जलश्व, शिवालिक क्लास जहाज, तलवार क्लास र आणविक हतियारधारी पनडुब्बी, आईएनएस चक्र अभ्यासमा संलग्न छन्।