१ करोड २० लाख ७७ हजार ३ सय २४ सत्र मार्फत समग्र खोप प्रदान

गत २४ घण्टामा भारतमा ३२ लाख ९९ हजार ३ सय ३७ खोप प्रदान गरिएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार यो सँगै भारत मा हालसम्म ११६ करोड ८७ लाख भन्दा बढी खोप प्रदान गरिएको छ।

मन्त्रालयका अनुसार यी सबै खोप १ करोड २० लाख ७७ हजार ३ सय २४ सत्र मार्फत प्रदान गरिएका हुन्।

यसका साथै गत २४ घण्टामा १२ हजार ५ सय १० जना संक्रमित विरामी निको भएका छन्। हालसम्म निको हुनेको संख्या ३ करोड ३९ लाख ३४ हजार ५ सय ४७ पुगेको छ। जसका कारण भारतको संक्रमण मुक्त दर ९८.१३ प्रतिशत पुगेको छ।

केन्द्र, राज्य सरकार, र केन्द्र शासित प्रदेश को संयुक्त प्रयास का कारण लगातार १ सय ४८ दिन भारतमा ५० हजार भन्दा कम नँया संक्रमित विरामी थपिएका छन्।

गत २४ घण्टामा ८ हजार ४ सय ८८ जना नँया संक्रमित विरामी थपिएका छन्। सक्रिय संक्रमित संख्या भने १ लाख १८ हजार ४ सय ४३ पुगेको छ।

हाल सक्रिय संक्रमित संख्या देशको सकरात्मक संक्रमित संख्या को ०.३४ प्रतिशत पुगेको छ। सन् २०२० मार्च महिना देखि यो दर लगातार घट्दै गएको छ।

यसका साथै देशमा परीक्षण क्षमता पनि निरन्तर रुपमा बढाउँदै लगिएको छ। गत २४ घण्टामा ७ लाख ८३ हजार ५ सय ६७ वटा नमुना परीक्षण गरिएको छ। हालसम्म भारतमा ६३ करोड २५ लाख २४ हजार २ सय ५९ वटा नमुना परीक्षण भइसकेको छ।

त्यस्तै साप्ताहिक सकरात्मक दर पनि हाल ०.९३ प्रतिशत मा रहेको छ। लगातार ५९ दिन सो दर २ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

दैनिक सकारात्मक दर हाल १.०८ प्रतिशत पुगेको छ। लगातार ४९ दिन दैनिक सकारात्मक दर २ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार ८४ दिन ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।