पियुष गोयल: भारतले हरेक क्षेत्रमा प्रगति गर्दै

सोमबार केन्द्रीय वाणिज्य मन्त्री पीयूष गोयलले भारतले आर्थिक वर्ष २०२१-२२ मा ४ सय अर्ब अमेरिकी डलर को व्यापार निर्यात लक्ष्य पूरा गर्न द्रुत गतिमा काम गरिरहेको बताउनुभएको छ। निर्यात वृद्धि गर्ने उद्देश्यले उनले उद्योगीहरु सँग छलफल गर्नुभएको थियो।

कोभिड १९ को समयमा सबै उद्योग संघहरुको निस्वार्थ भावना को सराहना गर्दै गोयलले सामूहिक इच्छाशक्ति, चपलता र समन्वय संगै संकट एक अवसर मा परिणत भएको बताउनुभयो।

सन् २०२१ अगस्ट महिनाको पहिलो २ साता आर्थिक वर्ष २०२०-२१ को तुलनामा व्यापार निर्यातमा ४५ प्रतिशत ले बढोत्तरी भएको र २०१९-२० कप तुलनामा ३२ प्रतिशत ले बढोत्तरी भएको उनले जानकारी दिनुभयो। त्यस्तै अप्रिल १ देखि अगस्ट १४ तारिख सम्म २०२०-२१ को तुलनामा व्यापार निर्यात ७१ प्रतिशत ले वृद्धि भएको र २०१९-२० को तुलनामा २३ प्रतिशत ले वृद्धि भएको बताउनुभयो।

केन्द्रीय वाणिज्य मन्त्रीले यो समय कसरी भविष्यका लक्ष्यहरु हासिल गर्ने त्यसतर्फ सोच्नुपर्ने समय हो भनेर पनि जोड दिनुभयो।

भारतको औसत लागू आयात शूल्क सन् २०१९ मा १७.६ प्रतिशत थियो भने सन् २०२० मा १५ प्रतिशत पुगेको छ। लगभग डेढ दशकमा पहिलो पटक व्यापार आयात यसरी घटेको छ र आयात शूल्क पनि ५०.८ प्रतिशत भन्दा तल पुगेको छ।

केन्द्रीय मन्त्रीले आफ्नो सम्बोधन मा यस अन्तरक्रिया मार्फत एक जीवन्त र बलियो उद्योग पारिस्थितिकी तंत्र को निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।

२०३० सम्म मा २ खरब अमेरिकी डलर को व्यापार निर्यात गर्ने लक्ष्य बारे बोल्दै उनले भारतीय अर्थव्यवस्था पुनरुत्थानको मार्ग मा रहेको र भारतले २०२०-२१ मा अहिलेसम्मकै उच्च एफडीआई प्रवाह प्राप्त गरेको बताउनुभयो।

२०१९-२० मा ७५.३९ अर्ब अमेरिकी डलर को व्यापार निर्यात भएको थियो भने २०२०-२१ मा १० प्रतिशत ले बढेर ८१.७२ अरब अमेरिकी डलर पुगेको छ। त्यस्तै मे २०२१ मा एफडीआई १२.१ अरब अमेरिकी डलर रहेको छ जुन २०२० को मे भन्दा २०३ प्रतिशत उच्च हो र २०१९ मे भन्दा १२३ प्रतिशत ले उच्च होम

सहज व्यापार र निर्यात, स्टार्ट अप बाट सेवा जस्ता कारणले भारत ले हरेक क्षेत्रमा प्रगति गरिरहेको उनले बताउनुभयो।‌‌

रोजगारीको बारेमा बोल्दै, गोयलले ५४ हजार भन्दा बढी स्टार्ट-अपले ५.५ लाख रोजगारी प्रदान गरिरहेको र आगामी ५ बर्षमा ५० हजार नयाँ स्टार्ट-अप्स द्वारा २० लाख भन्दा बढी रोजगारी सृजना हुने बताउनुभयो।

विश्वव्यापी आपूर्ति श्रृंखला को विकास को लागि यो समय हाम्रो उद्योग को क्षमता, र प्रतिबद्धता बढाउने समय हो।

गोयलले भन्नुभयो कि हाम्रो अथक प्रयास ले हाम्रो क्षमताको प्रमाण दिन्छ। हाम्रा उद्योगहरुले वास्तव मा 'सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रार्थना' को अनुसरण गरेको छ।‌‌‌‌

सन् २०२१ अगस्ट महिनाको प्रधानमन्त्रीको सम्बोधन "स्वदेशी विश्वव्यापी बन्दै: विश्वको लागि भारतमा निर्माण' बारे बोल्दै उनले गुणस्तरीयता, उत्पादकत्व र दक्षताले हाम्रो निर्यात बढ्ने, र बृहत्तर बनाउने तथा परिवर्तनशील जीवनको निर्माण गर्ने बताउनुभयो।

उत्पादनलाई प्रोत्साहित गर्ने बारेमा पनि कुरा गर्दै मन्त्रीले आगामी ५ बर्षमा १३ क्षेत्रमा १.९७ लाख करोड को प्रदर्शन प्रोत्साहन रकम दिने पनि बताउनुभयो।

मन्त्रीका अनुसार सरकारले लगानी आकर्षित गर्न २४ वटा क्षेत्रहरु ध्यान केन्द्रित गर्ने छ। साथै सरकारले एकलौटी डिजिटल मञ्च को माध्यमबाट व्यापार सुविधा बढाउने पनि लक्ष लिएको छ। साथै लगानी क्लियरन्स सेल (आईसीसी) स्थापना, एक जिल्ला एक उत्पादन अन्तर्गत ७ सय ३९ जिल्ला बाट ७ सय ३९ उत्पादन निर्माण र जीआईएस सक्षम डाटाबेस प्रदान गर्न औद्योगिक भूमि बैंकको‌ पनि निर्माण गर्ने उनले जानकारी दिनुभयो।

भारतीय उद्योगले अनुसन्धान, निर्यातकहरु/उत्पादकहरुको ह्यान्डहोल्डिंग, राज्यहरु संग गहिरो संलग्नता, अभियान मा अधिक संलग्नता को माध्यम बाट नँया सुझाव दिने केन्द्र सरकारले आशा राखेको बताउनुभएको छ।

आफ्नो समापन टिप्पणीमा गोयलले भन्नुभयो, "सफलताको कुञ्जी लक्ष्यमा ध्यान केन्द्रित गर्नु हो, बाधाहरुमा होइन"।

भारतीय उद्योग आफ्नो विश्वास र प्रतिबद्धता को माध्यम बाट दुनिया लाई हामी कुनै पनि चुनौती को सामना गर्न सक्छौं र जित्न सक्छौं भनेर प्रमाणित गरेको छ।

उद्योग संघहरुले एक सुरक्षित पारिस्थितिकी तंत्र अर्थात दिगो, फुर्तीला, भविष्य र कुशल भारत को निर्माण को एक वैश्विक केन्द्र बनाउन एक महत्वपूर्ण भूमिका निभाउने सक्ने पनि उनले बताउनुभयो। र सँगै, हामी 'सर्व लोक हितम' अर्थात 'गुणस्तरीय उत्पादकता' को माध्यम बाट उद्योग को बृद्धि हासिल गर्नेछौं।

बैठकमा वाणिज्य तथा उद्योग राज्यमन्त्री सोम प्रकाश र अनुप्रिया पटेलले पनि सम्बोधन गर्नुभएको थियो।