यस आयोजनाले वातावरणिय प्रदूषण कम गर्नेछ र पानीको गुणस्तरमा सुधार ल्याउने छ।

केन्द्रीय मन्त्री जितेन्द्र सिंहले जम्मू कश्मीरमा देविका राष्ट्रिय परियोजनाले सद्भाव र एकताको भावनालाई उजागर गर्ने बताउनुभएको छ।

उक्त परियोजना उत्तर भारतको प्रथम नमुना योजना बताउँदै सिंह ले यस ऐतिहासिक देवीका परियोजना आस्था को प्रतीक मात्र नभएर “सहमति र मेलमिलापको स्मारक” को रुपमा हेर्नुपर्ने बताउनुभयो।

मन्त्रीले शनिबार देविका पुनर्निर्माण परियोजनाको स्थलगत भ्रमण गर्नु भएको थियो।

केन्द्रीय कोष द्वारा १९० करोड आर्थिक सहयोग मा निर्माण गरिने राष्ट्रिय नदी संरक्षण योजना (एनआरसीपी) देविका परियोजना अन्तर्गत देविका नदीको किनारमा स्नान “घाटहरू” को पनि निर्माण गरिनेछ। साथै अतिक्रमण हटाइनेछ, प्राकृतिक जलाशय पुनर्स्थापना हुनेछ र जलाधार क्षेत्रहरूमा दाहसंस्कार भूमि पनि विकसित गरिनेछ।

यस आयोजनामा ८ एमएलडी, ४ एमएलडी र १.६ एमएलडी क्षमताका तीन ढल निकासी प्लान्ट, १२९.२७ किलोमिटरको ढल निकास नेटवर्क, दुईवटा श्मशानघाट, संरक्षण बाड र भूनिर्माण, साना जलविद्युत् प्लान्ट र तीन सौर्य उर्जा प्लान्ट को निर्माण गरिने छ।

आयोजना सम्पन्न भएपछि नदीमा प्रदूषण को कमी हुनेछ र पानीको गुणस्तरमा सुधार देखिनेछ।

देविका परियोजना औपचारिक शुरुवात २०१९ को शुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मूको भ्रमण गर्नु भएको बेला गरिएको थियो।

गत वर्ष जुनमा जितेन्द्र सिंहले उधमपुरको महत्वपूर्ण देवीका पुलको उद्घाटन गर्नु भएको थियो। यस पुलले यातायात व्यवस्था सहजिकरण गर्ने मात्र नभएर सेनाका काफिला र सवारी साधन को सहज यात्रा मा पनि सहयोग पुर्याउँदै आएको छ।