भारतको विदेश मन्त्रालयले यो उपहार भनेको स्वस्थ राष्ट्र निर्माणका लागि नेपालको प्रयासलाई बलियो बनाउन भारतको निरन्तर सहयोगको प्रतिबिम्ब भएको बताएको छ ।
भारतले विकास क्षेत्रमा योगदान पु¥याउँदै नेपाललाई २० वटा मिर्गौला डायलासिस मेसिन, १७ वटा स्कुल बस र ७५ वटा एम्बुलेन्स उपहार दिएको छ । एम्बुलेन्स र स्कुल बस नेपालका विभिन्न जिल्लामा स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा कार्यरत विभिन्न सरकारी निकाय र गैरसरकारी संस्थालाई हस्तान्तरण गरिने भारतीय दूतावासले जनाएको छ ।

दुई देशबीचको सुदृढ र दीर्घकालीन विकास साझेदारी र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नेपाललाई पूर्वाधार सुदृढ गर्न सहयोग गर्ने प्रयासस्वरूप भारतले छिमेकी राष्ट्रलाई उक्त उपहार दिएको बताइएको छ ।

नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा कारको साँचो हस्तान्तरण गरेका हुन् । भारतीय दूतावासका अनुसार भारतको स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सवको अवसरमा ७५ वटा एम्बुलेन्स उपहार दिइएको हो ।

राजदूत श्रीवास्तवले पछि भने, "एम्बुलेन्स र स्कूल बसहरूको दान दुई देशबीचको बलियो विकास साझेदारीको हिस्सा हो।"

उहाँले भन्नुभयो, “यो पहल नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको लामो समयदेखि चलिआएको परम्परामध्ये एक हो जसले स्वास्थ्य र शिक्षा पूर्वाधारको सुदृढीकरणका लागि नेपाल सरकारको प्रयासलाई अभिवृद्धि गर्न सक्छ ।”

७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस नेपालका विभिन्न जिल्लामा स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा कार्यरत विभिन्न सरकारी निकाय र गैरसरकारी संस्थालाई हस्तान्तरण गरिने भारतीय दूतावासले जनाएको छ । भारतले नेपाललाई कोरोना महामारीसँग लड्न मद्दत गर्ने प्रयासस्वरूप सन् २०२१ मा ३९ वटा भेन्टिलेटर युक्त एम्बुलेन्स उपहार दिएको थियो ।

त्यस्तै, २०२० मा महात्मा गान्धीको १५१ औँ जन्मजयन्तीको अवसरमा भारतले नेपाललाई ४१ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहार दिएको थियो ।