परराष्ट्र मन्त्रालयका अनुसार न्युजिल्यान्डका परराष्ट्रमन्त्री नानैया माहुता चारदिने राजकीय भ्रमणमा फागुन २४ गते भारत आइपुगेका हुन् ।
भारतका विदेशमन्त्री एस जयशंकर र न्युजिल्यान्डका विदेशमन्त्री नानैया माहुताले स्थायित्व र समृद्ध इन्डो-प्यासिफिक निर्माण गर्ने र यस क्षेत्रको सुरक्षा र शान्तिका लागि निरन्तर अन्तर्राष्ट्रिय चासोलाई ध्यानमा राखेर द्विपक्षीय भेटवार्ता गरेका छन्।

त्यसपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेटवार्ता भएको पुष्टि गरेको थियो । न्युजिल्यान्डका परराष्ट्रमन्त्री नानैया माहुता चारदिने राजकीय भ्रमणमा यही फागुन २४ गते भारत आइपुगेका हुन् । उनी भ्रमण तालिकाको एक भागको रूपमा नयाँ दिल्लीमा जयशंकरसँगको बैठकमा सहभागी भए।

दुई मन्त्रीहरूले आर्थिक सहयोग, शैक्षिक आदानप्रदान, रक्षा संलग्नता र जन-जन सम्पर्क लगायत द्विपक्षीय मुद्दाहरूको पूर्ण दायराबारे छलफल गरेको बताइएको छ।

त्यसैगरी परराष्ट्रमन्त्री माहुताले भारतीय विदेशमन्त्रीलाई अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) फ्रेमवर्क सम्झौतामा न्युजिल्यान्डको हस्ताक्षर पनि हस्तान्तरण गरेका थिए । पछि जयशंकरले धेरै ट्वीटमा जानकारी दिए।
यसैबीच, माहुताको भ्रमणमा न्युजिल्यान्डको व्यापार प्रतिनिधिमण्डल पनि साथमा छ । विदेशमन्त्रीका रूपमा उनको यो पहिलो भारत भ्रमण हो । यसैबीच उनको मुम्बई जाने कार्यक्रम पनि छ ।