भारतीय वायुसेनाको टोली आइतबार जापान प्रस्थान गरेको छ । १२ जनवरीबाट सुरु भएको अभ्यास २६ जनवरीसम्म चल्नेछ।
भारतीय वायुसेनाले पूर्वी एसियाली देश जापानको वायुसेनासँग संयुक्त अभ्यास गर्नेछ। उक्त अभ्यास ‘बियर गार्डियन–२०२३’ नामक जापानको हयाकुरी एयर बेसमा हुनेछ ।

गत शनिबार (७ जनवरी) भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो अभ्यास अर्को साताबाट सुरु हुने जनाएको छ । जसले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई प्रगाढ बनाउने लक्ष्य राख्नेछ ।

एएनआईका अनुसार अभ्यासमा भारतको एस यू - ३० एम के आई, दुई सी - १७ एस र एउटा आई एल -७८ विमान सहभागी हुनेछन्। अर्कोतर्फ जापानले चार एफ–२ र चार एफ–१५ लडाकु विमानसहित अभ्यासमा भाग लिनेछ ।
भारतीय वायुसेनाको टोली आइतबार जापान प्रस्थान गरेको छ । यो अभ्यास जनवरी १२ मा सुरु भई जनवरी २६ सम्म चल्नेछ।

यसअघि पनि भारतले जापानसँगको अभ्यासमा भाग लिइसकेको छ । नोभेम्बर २०२२ मा, भारतीय वायुसेनाका सदस्यहरूले जापानको योकुशामा संयुक्त अभ्यासमा भाग लिए। भारतबाहेक अष्ट्रेलिया र अमेरिका पनि यसमा सामेल भएका छन् ।

यसअघि गत वर्ष सेप्टेम्बरमा दुवै देशले अत्याधुनिक युद्धपोत र युद्धविमानसहित अभ्यासमा भाग लिएका थिए ।