भारतले आज विश्वको विश्वासको आनन्द उठाएको छ, वाणिज्य तथा उद्योग मन्त्रीले भने

विश्वले अहिले भारतलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा हेरेको भन्दै केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले विकसित देशहरू व्यापार सम्झौता गर्न निकै इच्छुक रहेको बताएका छन् ।



भारतले आज विश्वको विश्वासको आनन्द उठाएको छ, गोयलले मंगलबार नयाँ दिल्लीमा व्यापरी उद्यमी सम्मेलनमा व्यापारीहरूलाई सम्बोधन गर्दै जोड दिए।



उनले सन् २०१४ अघि भारतीय अर्थतन्त्र नाजुक मानिन्थ्यो र लगानीकर्तालाई भारतसँग व्यापार गर्नेमा शंका हुने गरेको बताए ।



पारदर्शिता र व्यवसाय गर्न सहज हुनुपर्नेमा चर्चा गर्दै मन्त्रीले कुनै पनि निकायबाट हुने दुव्र्यवहारविरुद्ध आवाज उठाउने व्यापारीलाई सरकारले पूर्ण सहयोग गर्ने व्यापारी तथा व्यवसायीलाई आश्वासन दिए ।



गोयलले व्यापारीहरूलाई मानिसहरू र व्यवसायहरूको अनुपालन बोझ कम गर्न सरकारसँग काम गर्न आह्वान गरे, तर उनीहरूले नैतिक व्यापार अभ्यासहरू कडाईका साथ पालना गर्न भने। व्यवसाय गर्न सहज बनाउन अनावश्यक, झन्झटिलो र प्रतिउत्पादक कानुन र नियमलाई जरैदेखि उखेल्नुपर्छ,’ उनले भने ।



उनले भारतले दिने वस्तु तथा सेवाको गुणस्तरलाई प्राथमिकता दिन व्यापारीहरुलाई आग्रह गरे । उनले युवाहरूलाई अगाडि आउन र नयाँ विचारहरूका साथ भारतको विकास कथामा युवा ऊर्जा प्रदान गर्न प्रोत्साहित गर्ने आवश्यकतालाई जोड दिए।



वाणिज्य तथा उद्योग मन्त्रीले ठूला र साना सबै व्यापारी, उद्यमी र व्यवसायीलाई भारतीय उत्पादनको बढीभन्दा बढी प्रवद्र्धन गरी आत्मनिर्भर भारतको सपनालाई अगाडि बढाउन सामूहिक संकल्प गर्न आग्रह गरे ।