स्विट्जरल्याण्डको प्रतिनिधिमण्डल अक्टोबरमा भारतको भ्रमण गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास हुनेछ।

स्वीस सांसद निक्लौस स्यामुएल गुगरले आइतबार नयाँ दिल्लीमा राज्यमन्त्री विज्ञान तथा प्रविधि मन्त्री डा जितेन्द्र सिंहसँग भेट गरी स्वास्थ्य सेवा, टेलिमेडिसिन र प्राविधिक विकास जस्ता क्षेत्रमा व्यापक सहकार्यका लागि सम्भावनाहरूबारे छलफल गरे।

विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार स्वीस सांसदले भारतको नयाँ शिक्षा नीति (एनईपी)प्रति निकै चासो देखाएका र नीतिका थप पक्षबारे जान्न इच्छुक रहेको बताए ।

उनले दिगो विकास लक्ष्यका लागि भारत सरकारको विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएका विभिन्न क्षेत्र र २५ प्रविधि हबमा प्राविधिक सहयोगमा पनि चासो व्यक्त गरे।

डा जितेन्द्र सिंहले भारत र स्विट्जरल्याण्ड परम्परागत रूपमा सौहार्दपूर्ण पारस्परिक विश्वासको सम्बन्ध भएकाले दुवै देशलाई पहिलेदेखि नै रहेको सहजताका आधारमा एकअर्कासँग जोडिन सजिलो भएको उल्लेख गरे।

यसै वर्षको अक्टोबरमा स्विट्जरल्यान्डको उच्चस्तरीय प्रतिनिधिमण्डल भारतको भ्रमणमा आउने र दुवै पक्षका आपसी हितका विषयमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रयास हुने अपेक्षा गरिएको छ ।

यस अवसरमा डा. जितेन्द्र सिंहले २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ल्ड इकोनोमिक फोरमको विश्व सम्मेलनलाई सम्बोधन गर्दा डाभोसको आफ्नो भ्रमणको स्मरण गर्नुभयो।

केन्द्रीय मन्त्रीले स्विट्जरल्याण्डका जनताले दिएको न्यानो आतिथ्यताको स्मरण गरे।

दुई नेताबीचको वान टु वान छलफलपछि दुवै पक्षले आ–आफ्ना प्रतिनिधिसँग भेट गरेका थिए ।

छलफलका क्रममा भारतीय पक्षले हिमनदीको क्षेत्रमा भूविज्ञान मन्त्रालय, सरकारद्वारा भइरहेका बृहत् कार्यका बारेमा भ्रमण पक्षलाई जानकारी गराएको थियो, जसमा स्विजरल्याण्डका लागि पनि उत्तिकै महत्वपूर्ण विषय भएकाले स्वीस प्रतिनिधिहरूले गम्भिर चासो देखाएका थिए ।