दुवै पक्षले सहयोगका सम्भावित नयाँ क्षेत्रहरूबारे पनि विचार आदानप्रदान गरेका छन्

भारत र जापानले मङ्गलबार नयाँ दिल्लीमा भारत-जापान ऐक्ट इस्ट फोरम (ए. ई. एफ़.) को छैटौं संयुक्त बैठक आयोजना गर्‍यो र कनेक्टिभिटी, जलविद्युत, र वन व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा जारी परियोजनाहरूको प्रगतिको समीक्षा गर्‍यो।

बैठकको सहअध्यक्षता परराष्ट्र सचिव हर्षवर्धन श्रृङ्ला र भारतका लागि जापानका राजदूत सुजुकी सातोशीले गरेका थिए । बैठकमा भारतको उत्तर पूर्वी क्षेत्रका सम्बन्धित मन्त्रालय र राज्य सरकारका प्रतिनिधिहरू सहभागी थिए, विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।\

साथै जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) र जापान फाउन्डेसन (जे. एफ.) का पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

दुबै पक्षले कनेक्टिभिटी, जलविद्युत, वन व्यवस्थापन, खानेपानी आपूर्ति र ढल, सीप विकास र जापानी भाषा शिक्षा सहित विभिन्न क्षेत्रमा चलिरहेको परियोजनाहरूको प्रगतिको समीक्षा गरे।

उनीहरूले सहयोगका सम्भावित नयाँ क्षेत्रहरूका बारेमा पनि विचार आदानप्रदान गरे, यो थपिएको छ।

दुई देशले गत वर्ष जनवरीमा भारत-जापान ऐक्ट इस्ट फोरम (ए. ई. एफ़.) को पाँचौं संयुक्त बैठक गरेका थिए र भारतको उत्तर पूर्वी क्षेत्रमा जारी परियोजनाहरूको प्रगति समीक्षा गरेका थिए।‘

दुवै पक्षले भारत-जापान द्विपक्षीय सहयोग अन्तर्गत सञ्चालित धेरै नयाँ परियोजनाहरूबारे छलफल गरेका थिए र स्वास्थ्य सेवा, कृषि-उद्योग र एसएमई, बाँसको मूल्य शृङ्खला विकास, स्मार्ट सिटी, पर्यटन र जनताबीचको आदानप्रदान जस्ता नयाँ क्षेत्रमा सहयोगका बारेमा पनि विचार आदानप्रदान गरेका थिए।

सन् २०१७ सेप्टेम्बरमा तत्कालीन जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणका क्रममा एउटा सम्झौतामा हस्ताक्षर भएपछि एक्ट इस्ट फोरमको स्थापना भएको हो ।

फोरमले भारतको ‘एक्ट इस्ट नीति’ अन्तर्गत उत्तर पूर्वी क्षेत्रमा ‘फ्री एण्ड ओपन इन्डो-प्यासिफिक’ र भारत-जापान सहकार्यको लागि जापानको दृष्टिकोण अनुरूप काम गर्दछ।