भारतले सँधै कोमोरोसले गरेको अनुरोधको कदर गरेको छ

कोमोरोस को तट रक्षक दललाई प्राविधिक सहयोग प्रदान गर्न आईएनएस केसरी शुक्रबार मोरोनी बन्दरगाह पुगेको छ।

माडागास्करस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार कोमोरोस का तट रक्षक दलले गरेको अनुरोध पछि भारतीय नौसेना मोरोनी पुगेको हो। गोवा मा आयोजित समुद्री सम्मेलनमा कोमोरोस का तट रक्षक दल ले पि००२ एम कोम्बोजी जहाज मर्मत गर्न सहयोग को अनुरोध गरेको थियो।

कोमोरोस का तट रक्षक दल का कमाण्डर मौदजिब रहमान अदाने नोभेम्बर महिनाको ७-९ तारिख सम्म गोवा सामुद्रिक सम्मेलनमा भाग लिन भारतको भ्रमण गरेका थिए।

भारतले सँधै कोमोरोसले गरेको अनुरोधको कदर गरेको छ।

मार्च २०२१ मा, भारतीय नौसेना जहाज जलस्वाले भ्रमणको क्रममा गरेको अनुदान घोषणाको पूर्तिको रूपमा कोमोरोसलाई १ हजार मेट्रिक टन चामल पठाइएको थियो।

आईएनएस केसरीको भ्रमणले कोमोरोस, यसको समुद्री छिमेकी र हिन्द महासागर क्षेत्रमा रहेका साझेदारसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता झल्काउँछ।

कोमोरोसका विदेशमन्त्री धोइहिर धौलकमलले बेङ्गलुरुमा भएको एरो इन्डिया २०२१ र आईओआर रक्षा मन्त्रीहरूको सम्मेलनमा भाग लिन फेब्रुअरी ३ देखि ५, २०२१ सम्म भारतको भ्रमण गरेका थिए।

सन् २०२० अप्रिल महिनाको २५ तारिख मा विदेश मन्त्री एस जयशंकर र कोमोरोसका विदेश मन्त्रीले टेलिफोन वार्ता गरेका थिए। यसपछि कोमोरोसमा १४ सदस्यीय भारतीय चिकित्सा सहायक टोलीलाई तैनाथ गरिएको थियो।

जुन २०२० मा भारतीय नौसेना जहाज केसरीले कोबिड १९ सम्बन्धित अत्यावश्यक औषधिहरूको खेप आपूर्ति गरेको थियो र १४ सदस्यीय भारतीय चिकित्सा सहायता टोली कोमोरोस का स्वास्थ्य अधिकारीहरूसँग काम गर्न प्रस्थान गरेको थियो।

भारतका उप-राष्ट्रपति, एम. वेंकैया नायडूले सन् २०१९ अक्टोबर महिनाको १०-१२ तारिख सम्म कोमोरोसको भ्रमण गरेका थिए।

भारतीय उपराष्ट्रपतिको भ्रमणका क्रममा रक्षा क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता लगायत ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ ।

भारत कोमोरोससँगको विकास साझेदारीलाई अझ सुदृढ गर्न प्रतिबद्ध छ जुन भारतीय महासागर क्षेत्रमा सबैका लागि सुरक्षा र विकासको लागि खडा हुने प्रधानमन्त्री मोदी को सागर दृष्टिकोणसँग मिल्दोजुल्दो छ।