कश्मीर मा प्रायः जाडो मौसममा पानीको अभाव हुनेगर्दछ जसकारण प्रायः ग्रामीण क्षेत्रका बासिन्दाहरू खोलाको पानी उपभोग गर्न बाध्य हुन्छन्

जाडो मौसममा कश्मीरका बासिन्दाहरूको लागि पिउने पानी को संकट नै हुने गर्दछ। यसलाई समाधान गर्न, जल जीवन अभियान (जेजेएम) अन्तर्रगत सरकारले ६ सय ४ करोड रूपैयाँ जारी गरेको छ।

२०२०-२१ को तुलनामा यो रकम लगभग चार गुणा ले बढेको छ। २०२१-२२ का लागि २७ सय ४७ करोड रुपैयाँ प्रदान गरिएको छ। जम्मु कश्मीरका प्रत्येक ग्रामीण घरपरिवारलाई सन् २०२४ सम्ममा धाराको पानी उपलब्ध गराउने उद्देश्यले कोषमा वृद्धि गरिएको छ।

पानी परीक्षण प्रयोगशाला

प्रत्येक घरमा पानी आपूर्ति गर्नु जेजेएम अन्तर्गत सरकारको जिम्मेवारी हो। यसका साथै यसले जम्मु कश्मीरका बासिन्दा ले शुद्ध पानी प्राप्त गरिन् भनेर पनि सुनिश्चित गर्दछ जसका लागि ९७ वटा पानी परीक्षण प्रयोगशालाहरू स्थापना गरिएको छ -- जहाँ पानी को शुद्धता मापन को लागी पानी परीक्षण उपकरणहरू राखिएको छ।

यस सन्दर्भमा मोहम्मद इरफान, एक वातावरणविद्ले भने, " कश्मीर मा प्रायः जाडो मौसममा पानीको अभाव हुनेगर्दछ जसकारण प्रायः ग्रामीण क्षेत्रका बासिन्दाहरू खोलाको पानी उपभोग गर्न बाध्य हुन्छन्। त्यसकारण पानी परीक्षण यहाँ महत्वपूर्ण छ।"

पानी परीक्षण सुविधा ले जम्मु कश्मीर प्रशासनलाई पानी आपूर्तिको नियमित रूपमा अनुगमन गर्न, पिउने पानीको सुरक्षा प्रमाणित गर्न, रोगको प्रकोपको अनुसन्धान गर्न र छिटो निवारक उपायहरू लागू गर्न सजिलो हुनेछ।

यस योजना अन्तर्गत जमीनी स्तरमा पानीको गुणस्तरको अनुगमन ग्रामीण समुदायले नै गर्नेछन्।

प्रत्येक गाउँमा महिला सम्मिलित गराइ पाँचजना व्यक्तिहरूलाई पहिचान गरी पानीको गुणस्तर जाँच गर्न अधिकार दिइनेछ।

यस अभियानको हिस्सा हुने महिलाहरूमा आशा कार्यकर्ता, स्वास्थ्यकर्मी, पानी समिति सदस्यहरू, शिक्षकहरू र एसएचजी सदस्यहरू समावेश हुनेछन्।

रासायनिक प्रदूषण जाँच गर्न वर्षमा एक पटक परीक्षण गरिनेछ र जीवाणु परीक्षण गर्न वर्षमा दुई पटक परीक्षण गरिनेछ। श्रीनगरको पानी आपूर्ति विभागका एक वरिष्ठ अधिकारीले भने।

पानी व्यवस्थापन:

छिटो निर्णय लिने उद्देश्यका साथ, श्रीनगरका जिल्ला आयुक्तले जेजेएम अन्तर्गत गतिविधिहरूको योजना बनाएका छन्।

जेजेएम अन्तर्गत फोहोर पानीको पुन: प्रयोगका लागि वर्षात को पानी को भण्डारण, जमिनी पानी को भण्डारण र ग्रे वाटर व्यवस्थापन प्रस्ताव पनि तयार गरिएको डिसी कार्यालयका एक अधिकारीले भारतीय न्यूज नेटवर्कलाई जानकारी दिए।

उनले पञ्चायत स्तरमा ‘पानी सिमिती’ को बारेमा पनि जानकारी दिए । "यी समितिहरू पञ्चायत स्तरमा सक्रिय छन् र गाउँ खानेपानी प्रणालीको योजना, कार्यान्वयन, व्यवस्थापन, सञ्चालन र मर्मतसम्भारमा मुख्य भूमिका खेलिरहेका छन्," अधिकारीले थपे।

यो सबै नियमित र दीर्घकालीन आधारमा प्रत्येक घरमा सफा धाराको पानी उपलब्ध गराउनको लागि गरिन्छ।