भारत-नेपाल विकास साझेदारी र कोभिड सहकार्य उल्लेखनीय

भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री नारायण खड्कासँग टेलिफोन वार्ता गरी दुई देशबीच को सहकार्य तथा विविध पक्ष मा भएको प्रगतिबारे छलफल गर्नुभएको छ।

यस बारे ट्वीटरमा जानकारी दिदैं विदेश मन्त्री जयशंकर ले नेपालका परराष्ट्र मन्त्री डा नारायण खड्कासँग नयाँ वर्षको अवसरमा कुराकानी गरेको र विविध पक्ष मा भएको प्रगतिबारे छलफल भएको बताएका छन्।

भारत-नेपाल विकास साझेदारी र कोभिड सहकार्य उल्लेखनीय रहेको र दुई देशबीचको सहयोगको परिदृष्यलाई फराकिलो बनाउन सहमत भएको उनले बताएका छन्।

गत वर्ष सेप्टेम्बर महिनामा भारतीय विदेश मन्त्री जयशंकर र नेपाली विदेश मन्त्री खड्का बीच पहिलो पटक भेट भएको थियो। संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा न्यूयोर्कमा भेटवार्ता भएको हो । दुवै नेता ले दुई देशबीचको विशेष सम्बन्धलाई अगाडि बढाउने सहमति गरेका थिए ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सेप्टेम्बर महिनाको २२ तारिख मा नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि विदेश मन्त्री जयशंकरले ट्वीट गरेका थिए, “माननीय डा. नारायण खड्कालाई नेपालको परराष्ट्रमन्त्रीमा नियुक्ति भएकोमा बधाई छ। उहाँसँग काम गर्न तत्पर छु। ”

‘निकट छिमेकी भएको नाताले भारत र नेपालबीच खुला सिमाना र गहिरो जनता–जनताबीचको सम्बन्ध र संस्कृतिको विशेषता रहेको मित्रता र सहयोगको अनुपम सम्बन्ध रहेको छ,’ भारतीय दूतावासले आफ्नो वेबसाइटमा भनेको छ ।

“दुई देश बीच सिमाना पार गरेर मानिसको स्वतन्त्र आवतजावत गर्ने लामो परम्परा रहेको छ र नेपालले भारतका पाँच राज्य सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसँग १८ सय ५० किलोमिटरभन्दा बढी सीमा साझा गर्दछ।” नेपालको प्रतिवेदन मा भनिएको छ।