९/११ को आतंककारी हमलापछि आतंकवाद विरोध समिति को गठन

संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्ति मंगलबार सन् २०२२ को निम्ति संयुक्त राष्ट्र सुरक्षा परिषद आतंकवाद विरोधी समितिको नयाँ अध्यक्ष बनेका छन्।

सुरक्षा परिषद आतंकवाद विरोध समिति (सीटीसी) लाई समर्थन गर्ने संयुक्त राष्ट्र संघीय आतंकवाद विरोध समिति का कार्यकारी निर्देशनालयले ट्विटरमा यस नियुक्तिको घोषणा गरेको थियो।

यसका साथै मंगलबार सुरक्षा परिषद आतंकवाद विरोध समिति ले नँया अध्यक्षको विवरण पनि साझा गरेको छ।‌

"टी. एस. तिरुमूर्ति बहुपक्षीय मामिलामा व्यापक अनुभव भएका बहुमुखी कूटनीतिज्ञ हुन्। सन् १९८५ मा भारतको विदेश सेवामा सामेल भएदेखि उनले धेरै विधामा आफ्नो देशको सेवा गरेका छन्," सीटीसी ले एक विज्ञप्तिमा भनेको छ।

"संयुक्त राष्ट्रमा भारतको स्थायी प्रतिनिधिको रूपमा आफ्नो वर्तमान पद ग्रहण गर्नु अघि सन् २०२० मे महिनामा उनले विदेश मन्त्रालयमा सचिवको रूपमा काम गरेका थिए। यस क्रममा उनले आर्थिक सम्बन्धी कार्य गरेका थिए। जसमा खाडी र अरब मुलुक, अफ्रिका र भारतको विकास साझेदारी सामेल छन्।

संयुक्त राज्य अमेरिकामा ९/११ आतंककारी हमला पछि सन् २००१ सेप्टेम्बर महिनाको २८ तारिख मा सुरक्षा परिषद्को प्रस्ताव १३७३ लाई सर्वसम्मतिले पारित गरेर यस समिति को स्थापना गरिएको थियो।

समितिलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १३७३ को कार्यान्वयनको निरीक्षण गर्ने जिम्मेवारी दिइएको थियो। यसले देशहरूलाई स्वदेश र विदेशमा आतङ्ककारी गतिविधिहरू विरुद्ध लड्न आफ्नो कानूनी र संस्थागत क्षमता सुधार गर्न धेरै कदमहरू चाल्न आह्वान गर्दछ।
यसमा आतंकवादको वित्तपोषणलाई आपराधिक बनाउने, आतंकवादी गतिविधिमा संलग्न व्यक्तिहरूसँग सम्बन्धित कुनै पनि कोष रोक्का गर्ने, आतंकवादी समूहहरूलाई सबै प्रकारको आर्थिक सहयोग अस्वीकार गर्ने, आतंकवादीहरूलाई सुरक्षित आश्रय, पालनपोषण वा समर्थनको प्रावधानलाई निषेध गर्ने, र अन्य सरकारहरूसँग जानकारी साझा गर्ने समावेश छन्।
साथै, समितिले आतंकवादी हमलामा संलग्न व्यक्तिहरूको अनुसन्धान, पत्ता लगाउन, गिरफ्तार गर्ने, सुपुर्दगी गर्ने र अभियोजन गर्नका साथै सक्रिय र निष्क्रिय आतंकवादी सहायताको अपराधीकरणमा अन्य सरकारहरूसँग सहकार्य गर्न गरिएका कार्यहरूको जाँच गर्दछ।

भारतले सन् २०२२ को अन्त्यसम्म १५ सदस्यीय सुरक्षा परिषद्को अस्थायी सदस्यको रूपमा काम गर्नेछ।