आईओआर अन्तर्गत आईएसी विक्रांतले भारतीय नौसेनालाई आवश्यक लचिलोपन, पहुँच र लडाई शक्ति उपलब्ध गराउने

कोच्चिको कोचीन शिपयार्ड लिमिटेडमा स्वदेशी विमान वाहक (आईएसी) 'विक्रांत' को निर्माण प्रक्रिया अगाडि बढ्दै छ। आइतबार उपराष्ट्रपति वेंकैया नायडूले सो प्रक्रियाको अनुगमन गरेका थिए।

रक्षा मन्त्रालयका अनुसार आईएसी ‘विक्रान्त’ को भ्रमणका क्रममा उपराष्ट्रपतिलाई ‘आजादी का अमृत महोत्सव’ का निम्ति सन् २०२२ अगस्ट सम्म मा जहज को निर्माण हुने र सञ्चालन का लागि प्रदान गरिने जानकारी दिइएको थियो।

उपराष्ट्रपति ले विमान को डिजाइन तथा निर्माण गर्न सक्ने भारतको क्षमता को प्रशंसा गरेका थिए। मन्त्रालय का अनुसार उनले यसलाई ‘आत्मनिर्भरता’ प्रति भारतको अनुपम पहल को रुपमा वर्णन गरेका थिए।

भारतीय नौसेना हिन्द महासागर क्षेत्रमा एक शक्तिशाली समुद्री शक्ति को रुपमा अवस्थित छ। र विमान वाहक लडाकु समूह यस सेनाको सञ्चालनको केन्द्रबिन्दु रहेको छ।

यस सन्दर्भमा मन्त्रालयले भन्यो, " विक्रान्तले भारतीय नौसेनालाई आवश्यक लचिलोपन, गतिशीलता, पहुँच र लडाई शक्ति प्रदान गर्नेछ। हिन्द महासागर क्षेत्रमा शान्ति र स्थिरताको लागि बलियो उत्प्रेरकको रूपमा काम गर्नेछ।"

एक विमान वाहकले रणनीतिक र प्राविधिक स्थान पनि राख्छ, र यसलाई युद्धपोत डिजाइन र निर्माणको क्षेत्रमा सही शिखर मानिन्छ।

स्वदेशी विमान वाहकको निर्माणसँगै, भारत पनि विमान वाहक डिजाइन र निर्माण क्षमता भएको राष्ट्र समूह मा समावेश हुनेछ।

भारतीय जहाज निर्माण उद्योगले सन् १९६० को दशकदेखि लामो यात्रा गरेको छ जसमा आईएसी विक्रांत भारतीय स्वदेशी औद्योगिक क्षमताको विशेषता हो।

विमानको ७६ प्रतिशत सामग्री स्वदेशी स्तरमा निर्माण गरिएका हुन् जसको कुल लागत १९ हजार ३ सय ४१ करोड हो।

जहाजमा भारतीय औद्योगिक द्वारा निर्मित करिब १०० एमएसएमईहरू, अन्य उपकरण र प्रणालीहरू बाहेक स्टिल जस्ता स्वदेशी सामग्रीहरू छन्।

यस निर्माण ले जहाज निर्माण स्थल मा मात्र नभएर अन्य धेरै उद्योगहरूको लागि पनि रोजगारीका अवसरहरू सिर्जना गरेको छ।

यसले घरेलु अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यस जहाज को निर्माण कार्य मा प्रतिवर्ष करिब २ हजार जहाज निर्माण स्थल र १३ हजार अन्य कर्मचारी कार्यरत छन्।