अझै पनि राज्यहरू / केन्द्र शासित प्रदेशहरू सँग १९ करोड ५२ लाख खोप खुराक र प्रयोग नगरिएका खोप डोजहरू बाँकी

राज्य तथा केन्द्र शासित प्रदेश लाई भारत सरकार मार्फत नि:शुल्क र प्रत्यक्ष खरीद मार्फत १ सय ५० करोड भन्दा बढी कोविड १९ खोप डोज उपलब्ध गराइएको छ।

यो सङ्ख्या शनिबारसम्म १ अरब ५१ करोड ७० लाख ६४ हजार २ सय ५ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको तथ्याङ्क अनुसार अझै पनि राज्यहरू / केन्द्र शासित प्रदेशहरू सँग १९ करोड ५२ लाख खोप खुराक र प्रयोग नगरिएका खोप डोजहरू बाँकी छन्।

कोविड १९ खोप अभियानको सार्वभौमिकीकरणको रूपमा, केन्द्र सरकारले राज्य र केन्द्र शासित प्रदेशहरूलाई देशका खोप उत्पादकहरूले उत्पादन गरिरहेको खोपको ७५ प्रतिशत नि:शुल्क र बाँकी खरिद प्रक्रिया मार्फत उपलब्ध गराइएको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा ५८ लाख ११ हजार ४ सय ८७ खोप प्रदान गरिएको छ। यसका साथै भारतमा हालसम्म १४५.१६ करोड भन्दा बढी खोप लगाइएको छ।

शनिबार बिहान ७ बजेसम्मको अस्थायी प्रतिवेदनअनुसार यो संख्या १ अरब ४५ करोड १६ लाख २४ हजार १ सय ५० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २२ हजार ७ सय ७५ जना नँया संक्रमित विरामी थपिएका छन्। यसका साथै भारतको सक्रिय संक्रमित संख्या १ लाख ४ हजार ७ सय ८१ पुगेको छ। यो संख्या कुल सकरात्मक संख्याको ०.३० प्रतिशत रहेको छ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४९ जना निको भएको र निको हुनेको सङ्ख्या (महामारी शुरु भएदेखि) अहिले ३ करोड ४२ लाख ७५ हजार ३१२ पुगेको जनाएको छ ।

फलस्वरूप, भारतको संक्रमण मुक्त दर ९८.३२% रहेको छ।