भारत सरकारबाट अफगान जनतालाई मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त

भारतले अफगानिस्तानलाई कोभिड-१९ खोप (कोभ्याक्सिन) को ५ लाख डोज सहित मानवीय सहायता उपलब्ध गराएको छ।

सो सहयोग शनिबार काबुलको इन्दिरा गान्धी अस्पतालमा हस्तान्तरण गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालय का अनुसार आगामी साता थप ५ लाख खोप खुराक उपलब्ध गराइनेछ।

विदेश मन्त्रालयका अनुसार भारत सरकारले अफगान जनतालाई खाद्यान्न, दश लाख कोविड खोप डोज र जीवन बचाउने औषधिहरू समावेश गरी मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध छ।

गत वर्ष डिसेम्बर ११ तारिख मा भारतले स्वास्थ्य सामग्री सहित मानवीय सहायता पठाएको थियो।

१० जना भारतीय र ९४ जना अफगानी नागरिकलाई काबुलबाट नयाँ दिल्ली ल्याउन भारत सरकारले चार्टर्ड गरेको विमानको फिर्ती उडानमा उक्त खेप पठाइएको थियो।

यी औषधिहरू इन्दिरा गान्धी बाल अस्पतालमा उपचारका लागि प्रदान गर्न काबुल स्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको थियो।

यस सन्दर्भमा विदेश मन्त्रालय भनेको छ, " आगामी साता हामी गहुँको आपूर्ति र बाँकी चिकित्सा सहायता प्रदान गर्नेछौं। यस सम्बन्धमा, हामी यातायातका लागि मोडालिटीहरूलाई अन्तिम रूप दिन संयुक्त राष्ट्र एजेन्सीहरू र अन्यसँग सम्पर्कमा छौं।"