आतंकवादप्रति भारतको शून्य सहनशीलता

सन् २०२२ मा संयुक्त राष्ट्र सुरक्षा परिषद् आतंकवाद विरोधी समिति को अध्यक्ष बन्ने भारतले बिहीबार सदस्य राष्ट्रहरूलाई आतंकवाद विरोधलाई प्रेरणा बनाइ आतंकवादी कार्यहरू प्रोत्साहन गर्ने विरुद्ध एकजुट हुन आग्रह गरेको छ।

भारतले आतंकवादी विरोधी समिति कार्यकारी निर्देशनालय (सिटेड) को कार्यादेश नवीकरणको लागि प्रस्तावको पक्षमा मतदान गरेको छ र परिषदले यसलाई स्वीकार गरेकोमा स्वागत गरेको छ।

संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले एक विज्ञप्तिमा भारत आतंकवाद प्रति शून्य सहनशीलता राखेको र अन्य सदस्य राष्ट्रहरूसँग मिलेर सबै आवश्यक उपायहरू गर्न प्रतिबद्ध रहेको बताएका छन्।

यस सन्दर्भमा उनले भने, "सन् २०२२ को लागि सिटिसी को अध्यक्षको रूपमा, भारतले आतंकवाद विरुद्ध बहुपक्षीय प्रतिक्रियालाई बलियो बनाउन सिटिसी को भूमिकालाई अझ सुदृढ गर्न दृढ प्रयास गर्नेछ, र अझ महत्त्वपूर्ण कुरा, आतंकवाद विरुद्ध स्पष्ट, अविभाजित र प्रभावकारी विश्वव्यापी प्रतिक्रिया सुनिश्चित गर्नेछ।"

उनले सदस्य राष्ट्रहरूलाई "उत्प्रेरणाको आधारमा आतंकवादी गतिविधिहरू प्रोत्साहन गर्ने प्रवृत्ति बिरूद्ध एकजुट रहन आह्वान गरेका छन्। यस्तो वर्गीकरणले विश्वव्यापी समुदायलाई सेप्टेम्बर ११ अगाडि को 'मेरो आतंकवादी’ बनाम ‘तिम्रो आतंकवादी’ को युगमा पुर्‍याउने उनले बताएका छन्।

"हामी कसैलाई पनि आतंकवादी गतिविधिको लागि कुनै पनि प्रकारको औचित्य प्रदान गर्न अनुमति दिन सक्दैनौं। आतंकवादसँग लड्नु हाम्रो साझा एजेन्डाको केन्द्रमा हुनुपर्छ, यसको परिधिमा होइन, "भारतका स्थायी प्रतिनिधिले भने।

यस वर्ष, भारतले गैर-स्थायी युएनएससी सदस्यको रूपमा आफ्नो दुई-वर्षीय कार्यकालको पहिलो वर्ष पूरा गरेको छ। जसमा भारतले तालिवान प्रतिबन्ध समिति र लिबिया प्रतिबन्ध समितिको नेतृत्व गरेको थियो।

१० वर्षको अन्तरालपछि, भारतले जनवरी २०२२ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को आतंकवाद विरोधी समिति को अध्यक्षता गर्ने छ। सरकारले आतंकवाद विरुद्ध लड्नका लागि विश्वव्यापी स्तरमा वकालत गरिरहेकोले समितिको नेतृत्व भारतको लागि महत्त्वपूर्ण छ।

संयुक्त राज्य अमेरिकामा ९/११ को आतंककारी हमलापछि सन् २००१ सेप्टेम्बर महिनाको २८ तारिख मा सुरक्षा परिषद्को प्रस्ताव १३७३ लाई सर्वसम्मतिले पारित गरेर सिटिसी को स्थापना भएको थियो।

समितिलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १३७३ को कार्यान्वयनको निरीक्षण गर्ने जिम्मेवारी दिइएको थियो। जसले देशहरूलाई स्वदेश र विदेशमा आतङ्ककारी गतिविधिहरू विरुद्ध लड्न आफ्नो कानूनी र संस्थागत क्षमता सुधार गर्न धेरै कदमहरू चाल्न आह्वान गरेको थियो।

कार्यकारी निर्देशनालय (सिटेड) ले १ सय ९३ संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूको नीतिगत निर्णयहरू र विशेषज्ञ मूल्याङ्कनहरू सञ्चालन गरेर सिटिसी लाई सहयोग गर्दछ।

सिटिसी को तर्फबाट सिटेड ले सदस्य राष्ट्रहरूको आतंकवाद विरोधी गतिविधिहरूको मूल्याङ्कन गर्न देश भ्रमणहरू गर्दछ। यसपछि यसले भएको प्रगति, बाँकी अपर्याप्तताहरू, र प्राविधिक सहायता आवश्यकताहरूका लागि प्राथमिकता क्षेत्रहरू, साथै आतंकवाद-सम्बन्धित प्रवृत्तिहरू पत्ता लगाउँदछ।