कडा सुरक्षा व्यवस्था, नागरिक समाजका सदस्यहरूको व्यवहारमा परिवर्तनले जम्मू कश्मीरमा आतंकवाद निर्मूल हुँदै

पहिलो पटक कश्मीरमा आतंककारी का परिवारका सदस्यहरू युवाहरूलाई आतंकवादको हिस्सा नबन्न आग्रह गर्दै अगाडि आएका छन्। एक पटक मृत्यु भइसके पछि कुनै पनि आतंककारी संगठन तिनलाई सहयोग गर्न अगाडि आउँदैनन्।

हालै श्रीनगरको एक क्षेत्र हैदरपोरामा नोभेम्बर १५ तारिख मा भएको मुठभेडमा मारिएका लडाकूकी पत्नी रजिया बीबीले टाइम्स नाउ टेलिभिजन च्यानललाई यो कुरा बताएकी हुन्। उनले भनिन्, " इस्लामाबादमा बसेका एजेन्टहरूले कश्मीरका युवाहरूलाई " भ्रमित" गरिरहेका छन्।"

उनको कथनले कश्मीरको जमीनी वास्तविकताको मात्रालाई उजागर गरेको छ जहाँ मानिसहरू अहिले सीमा पारबाट प्रायोजित आतंकवाद र हिंसाबाट दिक्क भइसकेका छन्।

कडा सुरक्षा व्यवस्था र द्रुत कारबाहीका कारण, आतंकवादीहरूको संख्या उल्लेखनीय रूपमा घटेको छ। विगत दुई वर्षमा जम्मू र कश्मीरमा मारिएका आतंककारी को संख्याबाट यो तथ्य देख्न सकिन्छ।

आईजीपी कश्मीर विजय कुमारका अनुसार सन् २०२१ मा केन्द्र शासित प्रदेशमा १ सय ७१ जना आतंकवादी मारिएका थिए। यद्यपि उनले १ सय ६८ जना आतंककारी अझै सक्रिय रहेको स्वीकार गरेका छन्। लगभग सबै शीर्ष आतंकवादी कमाण्डरहरू मारिएका र कश्मीरमा चार मात्र सक्रिय रहेको पनि उनले बताएका छन्। सन् २०२० मा यूटीमा २ सय २५ आतङ्ककारी मारिएका थिए। मारिएका लडाकूहरूमध्ये ४७ जना विभिन्न संगठनका शीर्ष कमाण्डरहरू थिए।

डिसेम्बर महिनाको ३० तारिख मा आयोजित एक पत्रकार सम्मेलनमा भारतीय सेनाका १५ कोर्प्सका जनरल अफिसर कमान्डिङ, लेफ्टिनेन्ट जनरल, डीपी पाण्डेले भने, "उल्लेखनीय रूपमा, "पहिलो पटक स्थानीय विद्रोहीको संख्या सय भन्दा कम छ - उपत्यकामा ८५ वा ८६ मात्र छन्।"

आईजीपी कश्मीरका अनुसार, यस वर्ष युटी मा हालसम्म १ सय २८ जना युवाहरू उग्रवादी समूहमा सामेल भएका थिए, जसमध्ये ७३ जना मारिएका थिए र १६ जना पक्राउ परेका थिए। यद्यपि, २०१९ र २०२० को तुलनामा २०२१ मा आतंकवादी संगठनहरू को युवा भर्तीमा कमी आएको छ। उनले यस गिरावटलाई नागरिक समाजमा आएको जागरण का कारण भएको बताए।

यसअघि, डिसेम्बर २२ तारिख मा, गृह राज्यमन्त्री नित्यानन्द राईले संसदको माथिल्लो सदनलाई जम्मू-कश्मीरको सुरक्षा स्थिति अगस्त २०१९ यता उल्लेखनीय सुधार भएको र आतंकवादी घटनाहरूमा उल्लेखनीय गिरावट आएको जानकारी दिएका थिए।

सरकारले आतङ्ककारी विरुद्ध सक्रिय कारवाहीका साथसाथै बलियो सुरक्षा र खुफिया व्यवस्था गरेको पनि उनले सदनलाई जानकारी गराएका थिए। विगत दुई वर्षमा जम्मू-कश्मीरको सुरक्षा स्थितिमा उल्लेखनीय सुधार भएको छ।