शाही ओमान नौसेना, युएई नौसेना र इस्लामिक गणतन्त्र इरानका नौसेनासँग व्यावसायिक अन्तरक्रिया

आइतबार रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार खाडी मुलुक मा मित्रवत नौसेनाहरूसँग सामुद्रिक सहयोग सुदृढ गर्ने प्रयासलाई निरन्तरता दिँदै, भारतीय नौसेनाले यस क्षेत्रमा एक महिना समयावधि का लागि आईएनएस सुदर्शनी तैनाथ गरेको थियो। यस अवधिमा यस जहाज ले मस्कट, दुबई र बन्दर अब्बास का बन्दरगाह को भ्रमण गरेको थियो। यसका साथै आईएनएस सुदर्शनी ले शाही ओमान नौसेना, युएई नौसेना र इस्लामिक गणतन्त्र इरानका नौसेनासँग व्यावसायिक अन्तरक्रिया गरेको थियो।

आईएनएस सुदर्शनीले नौसेनाहरू बीचको अन्तरसञ्चालन क्षमता बढाउन आरएनओ र आईआरआईसँग द्विपक्षीय सामुद्रिक साझेदारी अभ्यासमा पनि भाग लिएको थियो।

आईएनएस सुदर्शनीले आफ्नो तैनाथीको क्रममा विभिन्न प्रशिक्षण कार्यक्रम आदानप्रदान गरेको थियो। मन्त्रालय का अनुसार आरएनओ र आईआरआई नौसेना र समुद्री जहाजका प्रशिक्षार्थीहरूलाई पाल तालिम दिइएको थियो।

बन्दरगाह भ्रमण का क्रममा उच्चस्तरीय प्रतिनिधिमण्डल र भारतीय प्रवासीहरूले जहाजको भ्रमण गरेका थिए। आईएनएस सुदर्शनीका कर्मचारीहरूले उत्कृष्ट अभ्यासहरू साझा गर्न नौसेना प्रतिष्ठानहरू र जहाजहरूको भ्रमण गरेका थिए।

गोवा जहाज निर्माण लिमिटेड ले आईएनएस सुदर्शनी को निर्माण गरेको हो। यस जहाज ले आफ्नो स्वदेशी जहाज निर्माण क्षमताहरूको प्रदर्शन गरेको थियो र खाडीसँग भारतको ऐतिहासिक सामुद्रिक सम्पर्कहरू पुन: अवलोकन गरेको थियो।

कमाण्डिङ अफिसरले प्रत्येक बन्दरगाहका वरिष्ठ अधिकारीहरूलाई भेटेर द्विपक्षीय तालिम सहयोग, पाल तालिम र आपसी हितका अन्य क्षेत्रमा छलफल गरेका थिए।