बेलायती कन्सल्टेन्सी साइबरको प्रतिवेदन अनुसार सन् २०२३ सम्ममा भारत विश्वको छैठौं ठूलो अर्थतन्त्र बन्नेछ

साइबर को प्रतिवेदन मा भनिएको छ, " सन् २०२३ सम्ममा भारतीय अर्थतन्त्र बेलायत को भन्दा बढी हुने छ र विश्वको छैठौं ठूलो अर्थतन्त्रको रूपमा आफ्नो स्थान पुन: प्राप्त गर्नेछ।"

गत आइतबार सार्वजनिक गरिएको प्रतिवेदनमा भारतीय अर्थतन्त्रले अर्को वर्ष फ्रान्सलाई उछिन्ने पनि बताएको छ ।

यससँगै भारतीय अर्थतन्त्र फ्रान्सेली र बेलायती अर्थतन्त्रलाई पछाडि छोड्ने तयारीमा रहेको प्रतिवेदनले औंल्याएको छ ।

यसका साथै डलरको हिसाब ले गर्दा चीनलाई विश्वको शीर्ष अर्थतन्त्र बन्न समय लाग्ने तथ्यलाई पनि यस प्रतिवेदनले संकेत गरेको छ।

प्रतिवेदन मा भनिएको छ, " विश्वको आर्थिक उत्पादन सन् २०२२ मा पहिलो पटक १०० खरब डलर नाघेको छ। तर, अमेरिकालाई उछिनेर विश्वको शीर्ष अर्थतन्त्र बन्न चीनलाई केही समय लाग्नेछ।"

साइबरले भविष्यवाणी गरे अनुसार सन् २०३० मा डलर को हिसाबले चीन विश्वको शीर्ष अर्थतन्त्र बन्नेछ। जबकि विश्व आर्थिक लीग तालिका प्रतिवेदन ले भने सन् २०२८ सम्म मा चीन शीर्ष स्थानमा पुग्ने भविष्यवाणी गरेको थियो।

साइबरका उपाध्यक्ष डगलस म्याकविलियम्सले भने, " २०२० को दशकमा विश्व अर्थतन्त्रले मुद्रास्फीति को सामना गर्नेछ। हाल अमेरिकामा मुद्रास्फीति ६.८ प्रतिशतमा पुगेको छ।"

उनले अगाडि भने, " अपेक्षाकृत मामूली समायोजनले गैर क्षणिक तत्वहरूलाई नियन्त्रणमा ल्याउनेछ। यदि होइन भने, संसारले सन् २०२३/२४ मा मन्दीको लागि आफूलाई तयार गर्नु आवश्यक छ।"

प्रतिवेदनले सन् २०३३ मा आर्थिक उत्पादनको हिसाबले जर्मनीले जापानलाई उछिन्ने पनि देखाएको छ। रुस सन् २०३६ सम्ममा शीर्ष १० अर्थतन्त्र बन्न सक्छ र इन्डोनेसिया सन् २०३४ मा नवौं स्थानमा पुग्ने बाटोमा देखिन्छ।