प्रधानमन्त्री मोदी बाट कोभिड सुरक्षित व्यवहारको निरन्तर पालना गर्न मा जोड

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कोविड-१९ र ओमिक्रोन भाइरस को स्थिति समीक्षा गर्न आज उच्च-स्तरीय बैठकको अध्यक्षता गरेका छन्। उनले सबै तहहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालय (पीएमओ) को विज्ञप्तिमा उहाँलाई उद्धृत गर्दै भनिएको छ, " नयाँ रूपलाई ध्यानमा राख्दै, हामी सतर्क र सावधान हुनुपर्दछ। महामारी बिरूद्धको लडाई अझै सकिएको छैन।"

आज पनि कोभिड सुरक्षित व्यवहारको निरन्तर पालनाको आवश्यकता रहेको उनले बताएका छन्।

उच्चस्तरीय बैठकमा, प्रधानमन्त्री मोदीले कोभिड १९ को रोकथाम र व्यवस्थापनका लागि जनस्वास्थ्य प्रतिक्रिया उपायहरूको समीक्षा गरेका छन्।

यसमा औषधि, अक्सिजन सिलिन्डर र कन्सेन्ट्रेटर, भेन्टिलेटर, चिकित्सा अक्सिजन प्लान्ट, आईसीयू/अक्सिजन समर्थित शैय्या, मानव संसाधन, आईटी हस्तक्षेप र खोपको स्थिति सहित स्वास्थ्य पूर्वाधारको सुदृढीकरण समावेश थिए।

उच्च मात्रामा खोप लगाइएका देशहरूमा पनि ओमिक्रोन भाइरस देखिएको र यसको संक्रमण तिव्र रुपमा फैलिदैं गएको बारे अधिकारीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

पीएमओको विज्ञप्ति अनुसार उनलाई ओमिक्रोनको सन्दर्भमा डब्ल्यूएचओले सिफारिस गरेको प्राविधिक संक्षिप्त र प्राथमिकताका कार्यहरूबारे पनि जानकारी गराइएको थियो।

यसका साथै देशमा ओमिक्रोनको अवस्था, उच्च संक्रमण देखिएका राज्य, उच्च सकरात्मक संक्रमण देखिएका जिल्ला बारे प्रधानमन्त्रीलाई जानकारी दिइएको थियो।

यसका साथै बैठक मा ओमिक्रोन संक्रात्मक संख्या को विवरण, संक्रमित विरामी को यात्रा इतिहास, खोपको स्थिति, र निको भएको स्थिति पनि प्रस्तुत गरिएको थियो।

नोभेम्बर महिनाको २५ तारिख मा केन्द्रीय स्वास्थ्य मन्त्रालय ले ओमिक्रोन बारे पहिलो सल्लाह साझा गरेको थियो। त्यसपछि मुलुक मा चालिएका कदम र उपाय बारे पनि प्रधानमन्त्री लाई जानकारी दिइएको छ।

यस का साथै, अन्तर्राष्ट्रिय यात्रुहरूका लागि संशोधित यात्रा सल्लाह, कोभिड-१९ जनस्वास्थ्य प्रतिक्रिया उपाय, राज्यहरू/केन्द्र शासित प्रदेशहरूसँग समीक्षा बैठकहरू, खोप वृद्धि, अक्सिजन आपूर्ति उपकरणहरूको स्थापनाको बारेमा पनि जानकारी दिइएको थियो।

अधिकारीहरूको प्रस्तुतीकरण पछि, प्रधानमन्त्री मोदीले सबै तहमा उच्च सतर्कता कायम राख्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

यसका साथै उनले 'सरकारको सम्पूर्ण' दृष्टिकोण अन्तर्गत सार्वजनिक स्वास्थ्य उपाय, रोकथाम र व्यवस्थापनको प्रयासलाई समर्थन गर्न केन्द्र सरकारलाई राज्यहरूसँग सहकार्य गर्न पनि निर्देशन दिएका छन्।‌

प्रधानमन्त्री कार्यालय को विज्ञप्ति अनुसार प्रधानमन्त्रीले अधिकारीहरूलाई महामारी विरुद्ध सक्रिय, केन्द्रित र सहयोगी लडाई लड्न केन्द्रको रणनीति अनुरुप कार्य गर्न निर्देशन दिएका छन्।

यस्तै उनले जिल्ला स्तरबाट स्वास्थ्य प्रणालीहरू शुरु गरी हरेक राज्य मा पुगाउन र नयाँ संस्करणले उत्पन्न हुने कुनै पनि चुनौतीलाई सामना गर्न स्वास्थ्य प्रणाली लाई सुदृढ गर्न निर्देशन दिएका छन्।

राज्यहरूले अक्सिजन आपूर्ति उपकरणहरू स्थापना र पूर्ण रूपमा कार्य गर्ने सुनिश्चित गर्न महत्त्वपूर्ण रहेको पनि प्रधानमन्त्री ले जोड दिएका छन्।

यसका साथै उनले अधिकारीहरूलाई राज्यहरूसँग नियमित रूपमा काम गर्न र प्रशिक्षण र मानव संसाधनको क्षमता निर्माण, एम्बुलेन्सको समयमै उपलब्धता, संस्थागत व्यवस्थापन का निम्ति कोभिड सुविधा सञ्चालन गर्न राज्यहरूको तत्परता लगायत स्वास्थ्य पूर्वाधारका विभिन्न घटकहरूको तयारी स्थिति तथा क्वारेन्टाइन, र होम आइसोलेसनमा भएकाहरूको प्रभावकारी अनुगमन गर्न पनि निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले टेलि-चिकित्सा र टेलि-सल्लाह लागि आईटी उपकरणहरूको प्रभावकारी प्रयोग गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो।

संक्रमण को केन्द्रबिन्दु बनेका स्थान तथा राज्यको सक्रिय, द्रुत र प्रभावकारी निगरानी जारी राख्नुपर्ने मा उनले जोड दिएका छन्।

यसका साथै जिनोम सिक्वेन्सिङका लागि सकारात्मक नमूनाहरू इन्साकोग प्रयोगशाला मा तुरुन्तै पठाउन पनि उनले निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले समयमै सङ्क्रमितको पहिचान र उपचारका लागि परीक्षणलाई तीव्रता दिन पनि निर्देशन दिएका छन् ।

प्रसारणको फैलावट रोक्न प्रभावकारी यात्रा इतिहास जान्न पनि महत्वपूर्ण रहेको उनले बताएका छन्।

कम मात्रामा खोप लगाएका स्थान, उच्च संक्रमण दर देखिएका स्थान, तथा अपर्याप्त स्वास्थ्य पूर्वाधार भएका राज्यहरूमा टोली पठाउन पनि उनले निर्देशन दिएका छन्।‌

प्रधानमन्त्रीलाई देशभर खोपको प्रगतिबारे पनि अवगत गराइएको थियो । योग्य जनसंख्याको ८८% भन्दा बढीले कोभिड १९ को खोपको पहिलो डोज र ६०% भन्दा बढी योग्य जनसंख्याले दोस्रो डोज लिएको जानकारी दिइएको थियो।

जनतालाई खोप लगाउन प्रोत्साहित बनाउन घरदैलो हर घर दस्तक खोप अभियान सञ्चालन गरिएको थियो जुन निकै सफल भएको बारे पनि उनलाई जानकारी गराइयो। यस अभियानले निकै उत्साहजनक नतिजा देखाएको अधिकारीहरूले प्रधानमन्त्रीलाई जानकारी दिए ।

हरेक राज्यले आफ्ना योग्य जनसंख्या ले खोप को पूर्ण मात्रा लगाइसकेको सुनिश्चित गर्नु पर्ने र देशले निश्चित गरेको लक्ष्य हासिल गर्न मा मद्दत गर्नुपर्ने मा उनले जोड दिएका छन्।‌