भारत म्यानमारलाई स्थिर, लोकतान्त्रिक, संघीय संघको रूपमा उभिएको हेर्न चाहन्छ: विदेश मन्त्रालय

बिहीबार परराष्ट्र मन्त्रालयले जनाए अनुसार
म्यानमारको दुई दिने भ्रमणमा रहेका विदेश सचिव हर्षवर्धन श्रृङ्लाले आसियान पहललाई भारतको बलियो र निरन्तर समर्थन रहेको जानकारी दिएका छन्। पाँच बुँदे सहमतिको आधारमा व्यावहारिक र रचनात्मक रूपमा यस पहलको प्रगति हुने मा उनले आशा व्यक्त गरेका छन्।

विदेश सचिव हर्षवर्धन श्रृंगलाले दक्षिणपूर्वी एसियाली देशका अध्यक्ष, राज्य प्रशासन परिषद् र अन्य वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन् र देशमा चाँडोभन्दा चाँडो प्रजातन्त्र पुनर्स्थापना गर्न आग्रह गरेका छन्।

गत डिसेम्बर २२ तारिखमा म्यानमार पुगेका परराष्ट्र सचिवले नागरिक समाजका सदस्य र नेसनल लिग फर डेमोक्रेसी लगायत राजनीतिक नेताहरूसँग भेटेर वार्ताबाट समस्या समाधान गर्न आह्वान गर्नुभएको थियो ।

विदेश मन्त्रालयका अनुसार उनी म्यानमार स्थित राजदूत र संयुक्त राष्ट्र संघका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछन्।

देशमा सम्पूर्ण हिंसात्मक गतिविधि बन्द गर्न पनि उनले आग्रह गरेका छन्।

विदेश सचिवले म्यानमारका जनताका लागि भारतको मानवीय सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

कोविड १९ महामारी विरुद्ध म्यानमारको लडाइ मा साथ दिन भारतले म्यानमार मा भारत निर्मित खोप को १० लाख खुराक आपूर्ति गरेको छ।

यस मध्ये केही खुराक भारतसँग म्यानमारको सीमानामा बसोबास गर्ने समुदायका लागि प्रयोग गरिनेछ। म्यानमारलाई १० हजार टन चामल र गहुँ दिने घोषणा पनि गरिएको छ ।

विदेश सचिव श्रृङ्लाले भारत-म्यानमार सीमा क्षेत्रहरू लगायत जनता-केन्द्रित सामाजिक-आर्थिक विकास परियोजनाहरूका लागि भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।‌‌‌‌‌‌ यसका साथै उनले कालादान बहुमुखी परियोजना जस्ता अन्य परियोजना मा पनि भारतको समर्थन रहने जानकारी दिएका छन्।

उनले म्यान्मारका जनताको हितका लागि राखिन राज्य विकास कार्यक्रम र सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत परियोजनाहरू जारी राख्ने भारतको प्रतिबद्धतालाई पनि दोहोर्याएका छन्।

मन्त्रालयका अनुसार यस भ्रमणमा उनले दक्षिणी मणिपुरको चुराचन्दपुर जिल्लामा हालै भएको घटनाको परिप्रेक्ष्यमा सीमा सुरक्षा विषय बारे पनि चर्चा गर्नेछन्।

परराष्ट्र सचिव श्रृङ्लाले हरेक प्रकारको हिंसाको अन्त्य गरी सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

दुबै पक्षले आ-आफ्ना क्षेत्रलाई एकअर्कालाई प्रतिकूल हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका छन्।

म्यानमार सँग भारतको लगभग १७०० किलोमिटर लामो साझा सीमाना छ। त्यस देशमा हुने कुनै पनि घटनाक्रमले भारतको सीमावर्ती क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्छ। म्यानमारमा शान्ति र स्थायित्व भारतको लागि अत्यन्त महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ।

ठूलो लोकतान्त्रिक मुलुक र छिमेकी भएको नाताले म्यानमारको लोकतान्त्रिक प्रक्रिया मा भारत संलग्न हुँदै आएको छ। यस सन्दर्भमा भारतले प्रजातान्त्रिक प्रणाली र अभ्यासहरूमा क्षमताहरू विकास गर्न विभिन्न सरोकारवालाहरूसँग सहकार्य गर्दै आएको छ।

म्यानमारका जनताको चाहना अनुसार म्यानमारलाई स्थिर, लोकतान्त्रिक, संघीय संघको रूपमा उदाउन भारतले सक्दो सहयोग गर्ने मन्त्रालयले जनाएको छ।