अफगानिस्तानलाई तत्काल मानवीय सहायता प्रदान गर्न भारत तयार

संयुक्त राष्ट्र सुरक्षा परिषद(युएनएससी) मा अफगानिस्तानमा मानवीय सहायता प्रदान गर्न प्रतिबन्ध मा छुट दिनु पर्ने प्रस्ताव प्रस्तुत भएको थियो जसमा भारतले समर्थन जनाएको छ। भारतले अफगानिस्तानका लागि मानवीय सहायताको पहुँच प्रत्यक्ष र कुनै बाधाविना हुनुपर्ने बताएको छ।

युएनएससी प्रस्तावमा भारतको मतको व्याख्या गर्दै, संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि राजदूत टीएस तिरुमूर्तिले अफगानिस्तानको सबैभन्दा ठूलो क्षेत्रीय विकास साझेदारको रूपमा, भारत अन्य सरोकारवालाहरूसँग समन्वय गर्न इच्छुक रहेको बताएका छन्।

यस सन्दर्भमा उनले भने, "अफगानिस्तानमा मानवीय अवस्था दयनीय छ। आधा भन्दा बढी जनसंख्या संकट वा तीव्र खाद्य असुरक्षाको आपतकालीन स्तरको सामना गरिरहेका छन्। त्यहाँ का जनताको आधारभूत खाद्यान्न आवश्यकताहरू पूरा गर्न तत्काल मानवीय सहायता आवश्यक छ, र धेरैजसो मानिस गरिबीको रेखामुनि गइरहेका छन्।"

"जाडो मौसम मा समस्या झन् कष्टकर बन्दै गएको छ। सहायता तुरुन्तै बढाउनुपर्छ र संयुक्त राष्ट्र र अन्य एजेन्सीहरूलाई निर्बाध पहुँच प्रदान गर्नु पर्दछ।"

"यस सन्दर्भमा, अफगानिस्तानका लागि मानवीय सहायतामा प्रत्यक्ष र कुनै बाधा बिना पहुँच हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई भारतले समर्थन गरेको छ," भारतीय स्थायी प्रतिनिधिले भने।

"मानवीय सहायता तटस्थता, निष्पक्षता र स्वतन्त्रताको सिद्धान्तमा आधारित हुनुपर्छ र सहायता वितरण भेदभावरहित र सबैका लागि पहुँचयोग्य हुनुपर्छ। यस्ता सहयोग जातीय, धर्म वा राजनीतिक आस्थाको भेदभाव नगरी हुनुपर्छ।,"

"विशेष गरी, महिला, बालबालिका र अल्पसंख्यकहरू लगायत सबैभन्दा जोखिममा परेकाहरूलाई सहयोग पुग्नु पर्छ," तिरुमूर्तिले थपे।

यद्यपि, सुरक्षा परिषदले सहयोग वितरणमा आफ्नो निरीक्षणको साथसाथै रकमको कुनै पनि सम्भावित विचलनबाट जोगाउन पनि निरिक्षण गर्नुपर्ने उनको भनाइ थियो।

कुनै पनि विचलन वा दुरुपयोग प्रतिउत्पादक हुनसक्ने उनले चेतावनी दिए।

विगत दुई दशकमा भारतले अफगानिस्तानको विकासमा महत्वपूर्ण योगदान गरेको जानकारी दिदैं उनले भारतले भर्खरै अफगानिस्तान मा ५ लाख खोप खुराक र १.६ मेट्रिक टन जीवन बचाउने औषधिहरू पठाएको जानकारी दिनुभयो।

“हामी थप औषधि र खाद्यान्न पठाउने प्रक्रियामा छौं। भारत अफगानिस्तानका जनतालाई खाद्यान्न र औषधिसहितको अत्यावश्यक मानवीय सहायता उपलब्ध गराउन तयार छ,” तिरुमूर्तिले जानकारी दिए।

"अफगानिस्तानका जनतालाई मानवीय सहायता प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा भारत अडिग छ।" उनले भने।

"हामी अन्तर्राष्ट्रिय समुदाय र यस क्षेत्रका देशहरूलाई पक्षपातपूर्ण स्वार्थभन्दा माथि उठेर एकजुट हुन आह्वान गर्दछौं," संयुक्त राष्ट्रका लागि भारतीय राजदूतले भने।

"अफगानिस्तानको सबैभन्दा ठूलो क्षेत्रीय विकास साझेदारको रूपमा, भारत अफगानिस्तानका जनतालाई धेरै आवश्यक सहयोगको द्रुत प्रावधान सक्षम गर्नका लागि अन्य सरोकारवालाहरूसँग समन्वय गर्न इच्छुक छ," उनले भने।

अफगानिस्तानको स्थिति प्रवाहमा रहेको उल्लेख गर्दै तिरुमूर्तिले सुरक्षा परिषद्को प्रस्ताव २५९३ मार्फत अफगानिस्तान प्रति अन्तर्राष्ट्रिय समुदायको अपेक्षा स्पष्ट रूपमा राखिएको बताएका छन्।

"यस प्रस्ताव ले आतंकवाद विरुद्धको लडाईको सन्दर्भमा आवश्यकताहरू राख्दछ, जहाँ यसले तालिबानलाई आतंकवादी र १२६७ प्रस्ताव अन्तर्गत तोकिएका आतंकवादी समूहहरू लगायत आतंकवाद क्रियाकलाप का लागि अफगानिस्तानको भूमि प्रयोग गर्न अनुमति नदिने प्रतिबद्धतालाई उल्लेख गरेको छ।"

"यस प्रस्ताव ले देशका विविध राजनीतिक-जातीय समूहहरूको सहभागितामा समावेशी र प्रतिनिधिमूलक राजनीतिक व्यवस्थाको माग गरेको छ। यसका साथै महिला, बालबालिका र अल्पसंख्यकहरू लगायत मानवअधिकारको संरक्षणको महत्त्वलाई पनि अघि सारेको छ।" राष्ट्रसंघका लागि भारतीय राजदूतले भने ।

उनले अफगानिस्तानका जनताको तत्काल मानवीय आवश्यकताहरू पूरा गर्नुपर्ने मा जोड दिएका छन्। यसका साथै प्रस्ताव २५९३ र अफगानिस्तानका जनतासँग लामो समयदेखिको मित्रताद्वारा नै अफगानिस्तानप्रति को दृष्टिकोण निर्देशित हुने उनले उल्लेख गर्नुभयो।