क्षेप्यास्त्र मा जडित मार्गदर्शन प्रणालीमा अत्याधुनिक नौपरिवहन प्रणाली समावेश

स्वदेशमै विकसित सतह बाट सतहमा मार हान्न सक्ने अत्याधुनिक क्षेप्यास्त्र ‘प्रलय’ को बुधबार सफल परीक्षण गरिएको छ।

१ सय ५० देखि ५ सय किलोमिटर दायरा रहेको यो क्षेप्यास्त्र लाई मोबाइल मार्फत पनि प्रक्षेपण गर्न सकिन्छ। क्षेप्यास्त्र मा जडित मार्गदर्शन प्रणालीमा अत्याधुनिक नौपरिवहन प्रणाली समावेश गरिएको छ।‌‌‌‌

रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) ले ओडिशाको तटमा रहेको डा एपीजे अब्दुल कलाम टापुबाट पहिलो पटक यस क्षेप्यास्त्र को सफल परीक्षण गरेको थियो।

यस अभियानले निर्धारित सम्पूर्ण उद्देश्य पूरा गरेको रक्षा मन्त्रालयले जनाएको छ।

यस सन्दर्भमा मन्त्रालयले भनेको छ, " यस क्षेप्यास्त्र ले वान्छित अर्ध प्रक्षेप्यास्त्र प्रणाली लाई पछ्याउँदै नियन्त्रण, निर्देशन र अभियानको हरेक मापदण्ड पूरा गर्दै तोकिएको लक्ष्यमा पुगेको छ। सबै उप-प्रणालीहरूले सन्तोषजनक प्रदर्शन गरेका छन्।"

विविध जहाज सहित पूर्वी तटमा प्रभाव बिन्दु नजिक तैनाथ गरिएका सबै सेन्सरहरूले क्षेप्यास्त्र प्रक्षेपण को निगरानी गरेका थिए।

ठोस प्रेरक क्षेप्यास्त्र मोटर तथा नँया प्रविधि मार्फत यस क्षेप्यास्त्र को सञ्चालन गरिनेछ।

रक्षामन्त्री राजनाथ सिंहले यो पहिलो विकास उडान परीक्षणको लागि डीआरडीओ र सम्बन्धित टोलीहरूलाई बधाई दिएका छन्। उनले द्रुत विकास र आधुनिक सतह देखि सतह सम्म मार हान्न सक्ने क्षेप्यास्त्र को सफल प्रक्षेपणको लागि डीआरडीओ को प्रशंसा गरेका छन्।

रक्षा विभाग तथा डीआरडीओ का अध्यक्ष जी सतीश रेड्डीले टोलीको प्रशंसा गर्दै यस अत्याधुनिक क्षेप्यास्त्र को समावेश ले सशस्त्र बललाई आवश्यक प्रोत्साहन मिल्ने बताउनुभयो।