भारतीय सेनाको निरिक्षण क्षमता वृद्धि हुने

स्वदेशी रूपमा विकसित बख्तरबंद निरिक्षण गाडी मंगलबार भारतीय सेनालाई हस्तान्तरण गरिएको छ।

यस गाडी ले पानीमा आउनसक्ने अवरोधलाई तुरुन्तै निरिक्षण गर्न सक्दछ र द्रुत गतिमा ईन्जिनियर कार्यहरू कार्यान्वयन गर्न सक्दछ। यसले भारतीय सेनाले वास्तविक परिस्थिति बारे छिटो जानकारी प्राप्त गर्न सक्नेछन्।

रक्षा मन्त्रालयका अनुसार यस प्रणालीले भारतीय सेनाको विद्यमान इन्जिनियर निरिक्षण क्षमता बढाउने छ। यसका साथै भविष्यमा हुन सक्ने द्वन्द मा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ।

सेना प्रमुख जनरल एमएम नरवणेको उपस्थितिमा पुणेमा आयोजित एक समारोहमा गाडीहरूलाई भारतीय सेनाको कोर्प्स अफ इन्जिनियर्समा समावेश गरिएको थियो।

यो प्रणाली रक्षा अनुसन्धान र विकास संगठन द्वारा डिजाइन गरिएको हो र आयुध कारखाना मेडक र भारत इलेक्ट्रोनिक्स लिमिटेड, पुणे ले यिनको निर्माण गरेका हुन्।

विगत एक वर्षदेखि कोभिड–१९ महामारी‌का कारण भएको विभिन्न प्रतिबन्धका बाबजुद भारतीय सेनालाई सवारी साधनको आपूर्ति निर्धारित समयमै भइरहेको रक्षा मन्त्रालयले जनाएको छ ।