भारतीय विदेश सचिव म्यानमारको दुई दिने (डिसेम्बर २२-२३) भ्रमणमा

विदेश सचिव हर्षवर्धन श्रृङ्लाले बुधबार म्यानमार रेड क्रस सोसाइटीका प्रतिनिधिहरूलाई भारतमा निर्मित कोविड १९ खोप को १० लाख खुराक हस्तान्तरण गरेका छन्।

याङ्गुन स्थित भारतीय दूतावासले ट्वीट मा यस बारे जानकारी दिदैं लेखेको छ, "

"विदेश सचिव @हर्षश्रींगला ले म्यानमार रेड क्रस सोसाइटीका प्रतिनिधिहरूलाई भारतमा निर्मित कोविड १९ खोप को १० लाख खुराक हस्तान्तरण गर्नुभएको छ। यसबाट भारत-म्यानमार सीमामा रहेका म्यानमारका जनतालाई कोविड १९ विरुद्धको लडाईमा ठूलो सहयोग पुग्नेछ।"

म्यानमारमा फेब्रुअरी १ तारिख मा भएको सैनिक विद्रोहपछि भारतबाट म्यानमारको यो पहिलो उच्चस्तरीय कूटनीतिक भ्रमण हो।

भ्रमणका क्रममा परराष्ट्र सचिवले प्रदेश प्रशासन परिषद्, राजनीतिक दल र नागरिक समाजका सदस्यसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसका साथै उनले म्यान्मारमा मानवीय सहयोग, सुरक्षा र भारत-म्यानमार सीमा चिन्ता, र म्यानमारको राजनीतिक स्थिति बारे पनि छलफल गर्नेछन्।

म्यानमार कोविड १९ महामारीको प्रभावमा परेको छ र देशको दुर्गम क्षेत्रहरूमा औषधिहरू पुग्न गाह्रो भइरहेको छ।

आफ्नो भ्रमणका क्रममा परराष्ट्र सचिवले भारतको ४८ करोड ४० लाख अमेरिकी डलरको अनुदानमा सञ्चालित कलादान बहुनमुना पारवहन यातायात आयोजना जस्ता परियोजनाको समीक्षा पनि गर्नेछन्।

म्यानमार भारतको रणनीतिक छिमेकी मध्ये एक हो। दुई देश ले उत्तरपूर्वी क्षेत्रमा १६ सय ४० किलोमिटर सीमा साझा गर्दछन्।