श्रीलंकाद्वारा ६८ जना मछुवारा र १० वटा डुंगा नियन्त्रण मा: विदेश मन्त्रालयका प्रवक्ता

डिसेम्बर महिनाको १८ देखि २० तारिख को बीच मा श्रीलंकाली अधिकारीहरूले तमिलनाडुका मछुवारालाई हिरासतमा राखेका छन् जसप्रति भारतले चिन्ता व्यक्त गरेको छ।

मङ्गलबार भारतीय मछुआरालाई हिरासतमा लिएको विषयमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, " श्रीलंकाली अधिकारीहरूले १८-२० डिसेम्बर को बीचमा तमिलनाडुका भारतीय मछुवाहरूलाई हिरासतमा लिएकोमा हामी चिन्तित छौं। हाम्रो जानकारी अनुसार ६८ जना मछुवारा र १० वटा डुंगालाई हिरासतमा लिइएको छ," ।

भारतीय महावाणिज्य दूतावास, जाफनाका अधिकारीहरूले हिरासतमा रहेका मछुवारालाई भेटेर आवश्यक सबै सहयोग प्रदान गरिरहेको उनले जानकारी दिएका छन्।

तिनले कपडा, प्रसाधन सामग्री, खाजा, अत्यावश्यक वस्तु र मास्कहरू तथा आफन्तलाई फोन गर्ने सुविधा मिलाइदिएका छन्। उनीहरूले कानुनी प्रतिनिधित्वको व्यवस्था पनि गरिरहेका छन्।

एक जना मछुवारा को मुद्दा मा भने महावाणिज्य दूतावास का अधिकारी उनको स्वास्थ्य जाँच गर्न अस्पताल गएका छन्।

‘कोलम्बोमा रहेको हाम्रो उच्चायोगले भारतीय मछुवारा र डुङ्गाको शीघ्र रिहाइको मुद्दा श्रीलंका सरकारसँग उठाएको छ,’ बागचीले भने ।

विदेश मन्त्रालयका प्रवक्ता का अनुसार विदेशमन्त्री एस जयशंकर ले यसबारे जानकारी प्राप्त गरेका छन्।

उनलाई तमिलनाडुका मुख्यमन्त्रीले पनि यस बारे जानकारी दिएको प्रवक्ता ले बताएका छन्।

विदेश मन्त्री ले तिनलाई वर्तमान अवस्थाको बारे अवगत गराएका छन् र तिनलाई चाँडै रिहा गर्न भारत सरकारले प्रयास गरिरहेको जानकारी दिएका छन्।