भारत र फ्रान्स बीच बहुपक्षीय घनिष्ठ सहयोग स्थापित

विदेश सचिव हर्षवर्धन श्रृङ्लाले मंगलबार फ्रान्सेली विदेश मन्त्रालयका महासचिव फ्रान्कोइस डेलाटसँग विदेश कार्यालयमा परामर्श गरी दुई देशबीच सञ्चालित व्यापक रणनीतिक साझेदारी बारेमा जानकारी लिएका छन्।

डिसेम्बर महिनाको १७ तारिख मा रक्षा मन्त्री राजनाथ सिंह र फ्रान्सको सशस्त्र बल मन्त्री फ्लोरेन्स पार्ली बीच तेस्रो वार्षिक रक्षा संवाद भएको थियो। विदेश सचिव ले सम्वाद निकै फलदायी भएको जानकारी दिएका छन्।

यसअघि परराष्ट्र सचिवले भने, “हामीले सन् २०२० को अक्टोबर ३० तारिख मा पेरिसमा परामर्श गरेका थियौं जहाँ हामीले कोभिड–१९ महामारी र भू–राजनीतिक परिवर्तनका बारे विचार आदानप्रदान गरेका थियौं। हामीले अन्तरिक्ष र ऊर्जाका क्षेत्रहरू सहित द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूमा विस्तृत रूपमा छलफल गरेका थियौं र दुई पक्षबीचको अन्य संवाद संयन्त्रहरूमा भएको प्रगतिको समीक्षा पनि गरेका थियौं।"

“युएनएससी तथा त्रिपक्षीय सहयोग जस्ता बहुपक्षीय मञ्च मा स्थापित घनिष्ठ साझेदारी बारे पनि हामी ले छलफल गरेका थियौं। यसले हामीलाई युएनएससी को एक गैर-स्थायी सदस्यको रूपमा भारतको कार्यकालको लागि तयारी गर्न मद्दत गरेको छ जहाँ भारत र फ्रान्सले समन्वयमा काम गरिरहेका छन्।"

परराष्ट्र सचिवले गत वर्ष फलदायी छलफलपछि सन् २०२१ मा धेरै उच्चस्तरीय अन्तरक्रिया भएको बताएका छन्। भारतमा फ्रान्सबाट तीन मन्त्रीस्तरीय भ्रमणहरू भएका थिए। जनवरी महिनामा जलवायु परिवर्तन मन्त्री बारबरा पोम्पिली, अप्रिल मा परराष्ट्रमन्त्री र हालका रक्षामन्त्री जान-यवेस ले ड्रायन ले भारत भ्रमण गरेका थिए।

यी बाहेक,वर्षभरि कार्यस्तरमा धेरै संवादहरू पनि आयोजित भएका छन्। जनवरीमा नयाँ दिल्ली र नोभेम्बरमा पेरिसमा क्रमशः रणनीतिक संवादको ३४ र ३५ औं संस्करण आयोजना भएको थियो।