बिमस्टेक सबैभन्दा महत्त्वपूर्ण समूह: रक्षामन्त्री

रक्षा मन्त्री राजनाथ सिंहले मंगलबार प्राकृतिक, मानव निर्मित प्रकोपसँग जुध्न बिमस्टेक राष्ट्रहरूबीच समन्वय सुधार आवश्यक रहेजो बताएका छन्।

बिमस्टेक सदस्य राष्ट्रहरूका निम्ति पुणे स्थित सैन्य इन्जिनियरिङ विश्वविद्यालय मा आयोजित मानवीय सहायता तथा विपद् राहत अभ्यास प्यानेक्स २१ को उपकरण प्रदर्शनीको उद्घाटन गर्दै रक्षामन्त्रीले सो कुरा बताउनुभएको हो ।

उनले भने, " प्राकृतिक प्रकोपबाट प्रत्यक्ष रूपमा प्रभावित राष्ट्रको प्रयास, त्यस्ता प्रकोपहरूको ठूलो परिमाणको कारणले प्रष्ट रूपमा कमजोर हुन सक्छ। तसर्थ, बङ्गालको खाडी क्षेत्रका साझेदारहरूलाई समावेश गरी बहुपक्षीय प्रयास र उपाय व्यवस्थित गर्नु महत्वपूर्ण छ।"

‘प्राकृतिक प्रकोपका कारण समस्यामा परेका जनतालाई राहत उपलब्ध गराउने प्रक्रियालाई तीव्रता दिनुपर्दछ।'

"भारतले सबै सम्भावित तरिकामा सहजीकरण, समर्थन र सहयोग गर्नेछ र बङ्गालको खाडी क्षेत्रमा सबै सदस्य राष्ट्रहरूलाई फाइदा पुग्ने गरी क्षेत्रीय सहयोगमा समर्थन प्रदान गर्ने उपायहरू विकास गर्नेछ।"

विमस्टेक विद्यमान सभ्यताको बन्धनलाई सुदृढ गर्दै समान विचारधारा भएका राष्ट्रहरूबीच सहजीवी साझेदारी निर्माण गर्ने क्षमता भएको देशहरूको सबैभन्दा महत्त्वपूर्ण समूह रहेको उनको भनाइ थियो।

प्राकृतिक प्रकोपमा सहयोग प्रदान गर्ने सदस्य राष्ट्रहरूको प्रशंसा गर्दै उनले प्यानेक्स २१ अभ्यासले प्राकृतिक प्रकोपको सँग जुध्न एक महत्वपूर्ण संयन्त्र सिर्जना गर्ने उनले बताउनुभयो।

रक्षामन्त्रीले यस अभ्यास द्वारा चक्रवात र भूकम्प लगायतका भविष्यका चुनौति र कोभिड–१९ जस्ता खतरासँग जुध्न समन्वयमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उनले हिन्द महासागर क्षेत्र (आईओआरए) को लागि भारतको दृष्टिकोण बारे जानकारी दिनुभयो। यो दृष्टिकोण प्रधानमन्त्री मोदी द्वारा व्यक्त गरिएको सागर (क्षेत्रमा सबैका लागि सुरक्षा र विकास) को अवधारणामा आधारित रहेको उनले बताउनुभयो।

भूमि र सामुद्रिक क्षेत्रहरूको सुरक्षा गर्न क्षमता वृद्धि गर्दै, दिगो क्षेत्रीय विकास तर्फ काम गर्दै नीलो अर्थतन्त्र र प्राकृतिक प्रकोप, डकैती र आतंकवाद जस्ता गैर-परम्परागत खतराहरूको सामना गर्न सामूहिक कार्यलाई प्रवर्द्धन गर्ने गरी तटीय क्षेत्रमा आर्थिक र सुरक्षा सहयोगलाई अझ गहिरो बनाउन सिंहले आह्वान गर्नुभएको थियो।

यी प्रत्येक तत्वमा समान ध्यान आवश्यक भए पनि मानवीय संकट र प्राकृतिक प्रकोपलाई सम्बोधन गर्न प्रभावकारी प्रतिक्रिया संयन्त्रको विकास गर्नु सागरको सबैभन्दा महत्त्वपूर्ण स्तम्भ रहेको उनले उल्लेख गर्नुभयो।

भारतीय सशस्त्र बल र भारतीय तट रक्षक ले आफ्ना दायित्व अन्तर्गत प्राकृतिक प्रकोप व्यवस्थापन लाई पनि समावेश गरेको मा रक्षा मन्त्रीले तिनको प्रशंसा गर्नुभयो।

उनले कोभिड–१९ विरुद्धको लडाइमा रक्षा बल र आईसीजीले खेलेको निर्णायक भूमिकाको सराहना गर्नुभएको थियो।

भारत मात्र नभई बङ्गालको खाडी क्षेत्रमा रहेका प्रत्येक साझेदार राष्ट्रका सशस्त्र बलको कार्यसम्पादनमा यो प्रतिबद्धता समान रूपमा झल्किएको मन्त्रीले बताएका छन्।

कोभिड–१९ महामारी जस्ता संकटमा उनले यस्ता विपद्का लागि विशेष स्रोतको आवश्यकता पर्ने भएकोले छोटो अवधिमा आपतकालीन अवस्था सामना गर्ने क्षेत्रमा सार्नु पर्ने बताएका छन् ।

रक्षामन्त्री सिंहले क्षेत्रीय स्तरमा निर्बाध सूचना आदानप्रदान संयन्त्र, प्रतिक्रियाकर्ता र सामग्री सार्ने मापदण्ड को स्थापना र देश विशेष आवश्यकताको आधारमा आवश्यक क्षमताहरू सिर्जना गर्ने आवश्यकतामा जोड दिएका छन्।

उनले सन् २०१५ मा आईओआर अन्तर्गत यमनमा राहत सहित भारतले सञ्चालन गरेका केही उल्लेखनीय प्राकृतिक प्रकोप व्यवस्थापन बारे पनि उल्लेख गर्नुभयो। त्यसबेला भारतले ६ हजार ७ सय मानिसको उद्धार गरेको थियो। सन् २०१६ मा श्रीलंका मा आएको चक्रवात, सन् २०१९ मा इन्डोनेसिया मा आएको शक्तिशाली भूकम्प, मोजाम्बिकमा आएको चक्रवात इडाई;सन् २०२० को जनवरी महिनामा मेडागास्करमा आएको बाढी र पहिरो; सन् २०२० अगस्ट महिना मा मरिससमा भएको तेल दुर्घटना, सन् २०२० सेप्टेम्बर महिनामा श्रीलंकामा भएको तेल ट्याङ्कर आगलागी मा भारतले सहायता प्रदान गरेको थियो।

रक्षा मन्त्रीले राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल र केन्द्र, प्रदेश र जिल्ला स्तरका अन्य एजेन्सीहरूले विपद्को समयमा जनतालाई राहत प्रदान गर्न साहस र अथक रूपमा काम गरेकोमा तिनको प्रशंसा गर्नुभयो

उनले एचएडीआर पहलको सफलता सुनिश्चित गर्न सरकारी निकाय मात्र नभई निजी क्षेत्र, स्थानीय जनसङ्ख्या र गैरसरकारी संस्थाहरूको सहभागिता महत्वपूर्ण रहेकोमा जोड दिनुभयो।

प्यानेक्स २१ ले बिमस्टेक राष्ट्रहरूका लागि मापदण्ड सुदृढ गर्न, सबै सरोकारवालाहरूलाई समावेश गरी भविष्यमा हुने प्रकोपहरूमा प्रतिक्रिया दिन आवश्यक आधारहरू सिर्जना गर्ने उनले विश्वास व्यक्त गर्नुभयो। यसका साथै उनले प्रकोप राहत कार्य र बहुमूल्य जीवन बचाउन सदस्य राष्ट्रहरूलाई सहयोग पुर्‍याउन मानक परिचालन प्रक्रिया सुदृढ गर्न र प्रकाशन गर्न आह्वान गर्नुभएको छ।

"तपाईंहरू मध्ये प्रत्येकले, यस संयुक्त प्रयासमा विशेषज्ञता प्रदान गर्दै प्रमुख योगदान दिनुहुनेछ।तपाईं पनि आफ्नै अनौठो अनुभव लिएर आउनुभएको छ। सदस्य राष्ट्रहरू र यस प्रकारका पछिल्ला प्रयासहरूका लागि साझा, परिचालित र निर्माण गर्न सकिने कागजातमा यसलाई संश्लेषण गर्न आवश्यक छ।"

डिसेम्बर महिनाको २० देखि २२ तारिख सम्म आयोजना हुने प्यानेक्स २१ मा भारतीय सेना, नौसेना र वायु सेना द्वारा उद्धार र राहत प्रयास को समन्वित प्रदर्शन गरिएको थियो।

प्राकृतिक विपद् अवस्थाहरूमा, सशस्त्र बल र देशका अन्य विपद् राहत एजेन्सीहरूको श्रोतहरूको समन्वयित प्रयोगले फसेका मानिसहरूको उद्धारका साथै आवश्यक सेवाहरूको चाँडो पुनर्स्थापना र सञ्चारका सबै लाइनहरू खोल्न प्रशिक्षण प्रदान गरिएको थियो।

भारतीय उद्योग वाणिज्य महासंघ सँगको सहकार्यमा आयोजना गरिएको उपकरण प्रदर्शनीको उद्देश्य भारतीय उद्योगको विशिष्ट औद्योगिक क्षमता र विपद् राहत कार्यमा रहेको क्षमतालाई प्रदर्शन गर्नु रहेको छ।

यसका साथै उक्त अभ्यास मा सरकारी संस्थानलाई प्राकृतिक प्रकोप व्यवस्थापन मा सहयोग प्रदान गर्न र योजना निर्माण गर्न धेरै नवीन समाधानहरू, क्षमताहरू र उत्पादनहरूको प्रदर्शनी गरिएको थियो। यसका साथै बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) का सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूलाई यसबारे उल्लेखनीय जानकारी प्रदान गरिएको थियो। यस अवसरमा श्री राजनाथ सिंहद्वारा उत्पादनहरूको विमोचन गरिएको थियो।

सो अवसरमा प्रधानसेनापति जनरल मनोज मुकुन्द नरवणे, लेफ्टिनेन्ट जनरल जे एस नैन र रक्षा मन्त्रालयका वरिष्ठ नागरिक तथा सैन्य अधिकारीहरुको उपस्थिति रहेको थियो ।