दुई नेताबीच पछिल्लो अन्तर्राष्ट्रिय घटनाक्रमबारे पनि छलफल

रुसी नेताको भारत भ्रमण को क्रममा भएको छलफल बारे जान्न प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्।

सो वार्ता मा दुवै नेतृत्व ले भारत-रूस सहयोगलाई अभिवृद्धि गर्न सहमति जनाएका छन् भने हालैका अन्तर्राष्ट्रिय घटनाक्रमहरूबारे पनि तिनले छलफल गरेका छन्।

यस सन्दर्भमा प्रधानमन्त्री मोदीले ट्वीटरमा भनेका छन्, " मेरो मित्र, राष्ट्रपति पुटिनसँग छलफल। मल आपूर्ति लगायत अन्य विषयमा सहयोग विस्तार गर्न हामी सहमत भएका छौं। हामीले हालैका अन्तर्राष्ट्रिय घटनाक्रमहरूमा पनि छलफल गर्यौं।"

यही डिसेम्बर महिनाको ६ तारिख मा २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलन आयोजना गरिएको थियो जसमा दुवै नेताले द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्ष बारे छलफल गरेका थिए।

दुवै नेताले कोभिड–१९ महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद दुवै देशबीचको ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’मा दिगो प्रगति भएकोमा सन्तोष व्यक्त गरेका थिए ।

सो शिखर सम्मेलन को पृष्ठभूमि मा नयाँ दिल्लीमा परराष्ट्र र रक्षामन्त्रीहरुको २+२ संवादको पहिलो बैठक बसिएको थियो तथा सैन्य तथा सैन्य प्राविधिक सहयोगसम्बन्धी अन्तरसरकारी आयोगको बैठक पनि आयोजना भएको थियो।

शिखर सम्मेलनपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेताहरूले बृहत् आर्थिक सहयोगको आवश्यकतामा जोड दिँदै दीर्घकालीन अनुमानयोग्य र दिगो आर्थिक सहयोगका लागि वृद्धिका नयाँ चालकहरूमा जोड दिएका थिए ।

आपसी लगानी मार्फत प्राप्त सफलता को स्वागत गर्दै तिनले थप लगानी भित्रिने अपेक्षा पनि गरेका थिए।