भारत-भियतनाम आर्थिक संलग्नता द्वारा सकारात्मक दिशा कायम: राष्ट्रपति

राष्ट्रपति रामनाथ कोविन्दले आइतवार भारत र भियतनाम बीच नेतृत्व स्तरमा उत्कृष्ट सम्बन्ध रहेको र दुई देश बीच रक्षा साझेदारी निरन्तर अगाडि बढ्दै गएको बताएका छन्।

उनले राष्ट्रपति भवनमा भियतनामी समाजवादी गणतन्त्र राष्ट्रिय सभाका अध्यक्ष वुङ डिन्ह ह्युको नेतृत्वमा आएका भियतनामी संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका थिए ।

विदेश मन्त्रालय ले जारी गरेको विज्ञप्ति अनुसार यस सन्दर्भमा राष्ट्रपति ले भन्नुभयो, " आज हाम्रो द्विपक्षीय बृहत् रणनीतिक साझेदारीले राजनीतिक संलग्नतादेखि व्यापार र लगानी सम्बन्ध, ऊर्जा सहयोग, विकास साझेदारी, रक्षा र सुरक्षा सहयोग र जनता–जनताबीचको सम्बन्धसम्मका व्यापक क्षेत्रहरू समेटेको छ।"

कोभिड–१९ महामारीका कारण अवरुद्ध झेल्नु परेपनि पनि भारत र भियतनामबीच आर्थिक संलग्नताले सकारात्मक दिशा कायम राखेको उनले उल्लेख गर्नुभयो।

भारत र भियतनाम बीच रक्षा साझेदारी निरन्तर बढ्दै गएकोमा पनि उनले खुसी व्यक्त गर्नुभयो। दुई देशहरू बीचको बलियो रक्षा सहयोगले यस क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धिमा योगदान पुर्याउने उनको तर्क थियो।

सन् २०१८ मा आफूले गर्नुभएको भियतनाम भ्रमणको स्मरण गर्दै राष्ट्रपतिले भियतनामको समृद्ध सांस्कृतिक सम्पदा आफैंले देखेको र अनुभव गर्नुभएको बताउनुभयो। यसका साथै दुवै देश बीच साझा बौद्ध धार्मिक भावना पनि रहेको उनले उल्लेख गर्नुभयो।

बहुपक्षीय मञ्च मा भारत र भियतनाम बीचको सहयोगको बारेमा बोल्दै राष्ट्रपति कोविन्दले संयुक्त राष्ट्र र अन्य मञ्च मा समन्वयित प्रयासहरूले बहुसंख्यक विकासशील देशहरूलाई आवाज दिएको बताउनुभयो।

भारत र भियतनामले अन्तर्राष्ट्रिय कानून द्वारा शासित हिन्द प्रशान्त क्षेत्रमा स्वतन्त्र, खुला, शान्तिपूर्ण, समृद्ध, समावेशी र नियममा आधारित हिन्द प्रशान्त क्षेत्रमा योगदान दिन आसियानसँग काम गरिरहेको उनले जानकारी दिनुभयो।