जयशंकर द्वारा दुई देशबीच स्थापित द्विपक्षीय सहयोगप्रति सन्तुष्टि व्यक्त

विदेशमन्त्री एस जयशंकरले शनिबार नयाँ दिल्लीमा ताजिकिस्तानका विदेशमन्त्री सिरोजिद्दीन मुह्रिद्दिनसँग भेट गरेका छन्। भेटवार्ता मा ऊर्जा, सम्पर्क, व्यापार, सुरक्षा र क्षमता निर्माण जस्ता क्षेत्रमा दुई देशबीच सहयोग विस्तार गर्ने विषयमा विचार आदान प्रदान गरिएको थियो।

विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा ताजिकिस्तानका विदेश मन्त्री सिरोजिद्दीन मुहरिद्दिनले डिसेम्बर महिनाको १८-२० तारिख सम्म नयाँ दिल्लीको औपचारिक भ्रमण मा हुनुहुन्छ।

शनिबार जयशंकरले ट्वीटमा आफ्नो मित्र ताजिक विदेशमन्त्री सिरोजिद्दीन मुहरिद्दिनसँग फलदायी छलफल गरेको बताएका छन्।

"मेरो साथी, ताजिक विदेशमन्त्री सिरोजिद्दीन मुहरिद्दिनसँग उत्पादक छलफल। ऊर्जा, सम्पर्क, व्यापार, सुरक्षा र क्षमता अभिवृद्धिमा हाम्रो द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान। क्षेत्रीय घटनाक्रमहरूमा उनको अन्तर्दृष्टिको कदर गर्दछु।"

"कूटनीतिक प्रशिक्षण र सहयोग कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।"

ताजिकिस्तानका विदेशमन्त्रीसँगको भेटमा उद्घाटन मन्तव्यमा जयशंकरले दुई देशबीच स्थापित द्विपक्षीय सहयोगप्रति सन्तुष्टि व्यक्त गर्दै अत्यन्त महत्त्वपूर्ण विकास साझेदारीको थालनी भएको उल्लेख गरेका छन्।

कोविड समयमा एकअर्काका सहयोग अत्यन्त लाभदायक रहेको उल्लेख गर्दै, उनले ताजिकिस्तानलाई 'भारतमा निर्मित' खोप उपलब्ध गराइएको र खोप प्रमाणपत्रहरूको मान्यता मार्फत भारत र ताजिकिस्तान बीचको यात्रा सजिलो हुने आशा गरेको बताएका छन्।

"अफगानिस्तानको छिमेकीको रूपमा, हामी त्यहाँको घटनाक्रमलाई लिएर धेरै चिन्तित छौं," जयशंकरले भने।

"र हामीले नोभेम्बर महिनामा आयोजना गरेको क्षेत्रीय सुरक्षा संवादमा तपाइँको सुरक्षा परिषद्का सचिवको सहभागिता को हामी सराहना गर्दछौं।"

विदेश मन्त्री ले ताजिक विदेश मन्त्रीलाई अगस्ट र सेप्टेम्बर महिनामा अफगानिस्तानबाट भारतीयहरू र अफगान अल्पसंख्यक समुदायका केही सदस्यहरूलाई हटाउने क्रममा दिएको ठूलो सहयोगका लागि धन्यवाद पनि दिनुभयो।

" तपाईंलाई भारतमा स्वागत गर्न पाउँदा म निकै खुसी छु। म यस वर्ष तीन पटक दुशान्बेमा थिएँ, मार्चमा, जुलाईमा र सेप्टेम्बरमा। त्यसैले अब तपाईलाई स्वागत गर्ने मौका पाएकोमा म धेरै खुसी छु,’ उनले भने ।

जयशंकरका अनुसार आफ्नो पछिल्लो भ्रमणका क्रममा ताजकिस्तानका राष्ट्रपति रहमोनसँग भेटघाट गर्ने सौभाग्य प्राप्त भएको थियो। उहाँको मार्गदर्शनले द्विपक्षीय सहयोग पहिचान र कार्यान्वयन गर्न निकै उपयोगी भएको बताउँदै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले पनि व्यक्तिगत रूपमा यस सम्बन्धलाई अझ बलियो बनाउन सुझाव दिनुभएको बताएका छन्।

"यो वास्तवमा सन्तुष्टिको कुरा हो, कोविडको बावजुद, हामी नियमित भेट्न सफल भएका छौं," उनले भने।

"आज, म तपाईंलाई स्वागत गर्दछु, म तपाईंलाई ताजिकिस्तानको स्वतन्त्रताको ३०औं वर्षगाँठमा बधाई दिन चाहन्छु र एससीओ राज्य प्रमुख परिषद को २० औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु।"

"सन् २०२२ हाम्रो सम्बन्धको लागि धेरै विशेष वर्ष हुनेछ। हाम्रो कूटनीतिक सम्बन्धको ३० वर्ष पूरा हुनेछ । हामी भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने छौं।"

“र यी ३० वर्षलाई फर्केर हेर्दा हाम्रो द्विपक्षीय सहयोग निकै राम्रोसँग अगाडि बढेको छ र हामी सहयोगका नयाँ क्षेत्रहरू पहिचान गरिरहेका छौं। हामीले धेरै महत्त्वपूर्ण विकास साझेदारी सुरु गरेका छौं, "जयशंकरले भने।

" समग्र मा हाम्रो द्विपक्षीय सम्बन्ध निकै राम्रो बनेको छ, हामी क्षेत्रीय सहयोग गरिरहेका छौं; हामी संयुक्त राष्ट्र संघ र एससीओमा नजिकबाट काम गरिरहेका छौं।"

प्रधानमन्त्री मोदीको विपद् व्यवस्थापन पूर्वाधारको लागि गठबन्धन दृष्टिकोण मा ताजाकिस्तान पनि सामेल भएको छ जसका लागि उनले ताजिक विदेशमन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन्।