१ हजार देखि २ हजार किलोमिटर दायरा मा मार हान्न सक्ने क्षमता भएको यो क्षेप्यास्त्र अग्नि बर्ग को क्षेप्यास्त्र हो

नयाँ पुस्ताको आणविक क्षमता भएको ब्यालेस्टिक क्षेप्यास्त्र अग्नि पी (अग्नि प्राइम) को लगातार दोस्रो पटक सफल परीक्षण गरिएको छ।

रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) ले ओडिशाको तटमा रहेको डा एपीजे अब्दुल कलाम टापुबाट यस क्षेप्यास्त्र को परीक्षण गरेको रक्षा मन्त्रालयले जनाएको छ। सोही ठाउँबाट यस वर्षको जुन २८ तारिखमा पहिलो पटक सफल परीक्षण गरिएको थियो ।

१ हजार देखि २ हजार किलोमिटर दायरा मा मार हान्न सक्ने क्षमता भएको यो क्षेप्यास्त्र अग्नि बर्ग को क्षेप्यास्त्र हो।

पूर्वी तटमा अवस्थित विभिन्न टेलिमेट्री, राडार, इलेक्ट्रो-अप्टिकल स्टेशनहरू र डाउन रेन्जका जहाजहरूले क्षेप्यास्त्र को प्रक्षेपण र मापदण्डहरूको निगरानी गरेका थिए। यस सन्दर्भमा रक्षा मन्त्रालयले भन्यो, "यस क्षेप्यास्त्र ले उच्च स्तरीय सटीकताका साथ सबै उद्देश्यहरू पूरा गरेको छ।"

दोहोरो नेभिगेसन र मार्गदर्शन प्रणाली जडान गरिएको यस क्षेप्यास्त्र मा दुई चरणको क्यानिस्टराइज्ड ठोस प्रोपेलेन्ट ब्यालिस्टिक प्रणाली अवस्थित छन्। यो दोस्रो उडान-परीक्षणले प्रणालीमा एकीकृत सबै उन्नत प्रविधिहरूको भरपर्दो प्रदर्शन प्रमाणित गरेको छ।

यस क्षेप्यास्त्र को तौल अग्नि तेस्रो भन्दा ५० प्रतिशत कम छ र यसमा नयाँ मार्गदर्शन र नयाँ पुस्ताको प्रणाली जडान गरिएको छ। क्षेप्यास्त्र क्यानिस्टराइज भएकाले यसलाई रेल र सडकबाट प्रक्षेपण गरी लामो समयसम्म भण्डारण गरी परिचालन आवश्यकता अनुसार देशभर ढुवानी गर्न सकिन्छ।

रक्षा मन्त्री राजनाथ सिंहले सफल उडान परीक्षणको लागि डीआरडीओ लाई बधाई दिएका छन् र प्रणालीको उत्कृष्ट प्रदर्शनमा खुशी व्यक्त गरेका छन्।

रक्षा विभाग र डीआरडीओ का अध्यक्ष जी सतीश रेड्डीले धेरै अतिरिक्त सुविधाहरू सहितको दोस्रो विकास उडान परीक्षणको लागि टोलीको प्रयासको प्रशंसा गरेका छन्। उनले सोही वर्षमा लगातार सफलता हासिल गरेकोमा बधाई दिएका छन् ।