सन् १९६५ मा जन्मेको बीएसएफले सन् १९७१ मा पाकिस्तानसँगको युद्धमा ऐतिहासिक भूमिका निर्वाह गरेको थियो।

बिहिबार विदेश मन्त्री एस जयशंकरले ४ हजार किलोमिटर लामो भारत-बंगलादेश सीमानाको रक्षा गर्ने, सीमा सुरक्षा बल (बीएसएफ) भारत-बंगलादेश मित्रताको एक प्रमुख स्तम्भ रहेको बताएका छन्।

विजय दिवस समारोहलाई सम्बोधन गर्दै, विदेश मन्त्री ले बीएसएफले बंगलादेशको स्वतन्त्रता युद्ध मा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

"हामी निडर बीएसएफ अधिकारी र पुरुषहरूलाई सलाम गर्दछौं जसको संकल्प र वीरताले सन् १९७१ मा इतिहास रचेको थियो। युद्धको समयमा सर्वोच्च बलिदान दिने ती सबै बीएसएफ सैनिकहरूलाई हाम्रो गहिरो सम्मान छ," उनले भने।

यो वर्ष भारत र बंगलादेश दुवैका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै जयशंकरले भने, “राष्ट्रपति रामनाथ कोविन्द हाल ढाकामा विजय दिवसको उत्सवमा सम्मानित अतिथिको रूपमा बंगलादेशको राजकीय भ्रमणमा हुनुहुन्छ। "

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशको स्वतन्त्रता, कूटनीतिक सम्बन्धको ५० वर्ष र बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दीको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन मार्च महिनामा बंगलादेशको भ्रमण गर्नुभएको थियो ।

यस वर्ष डिसेम्बर ६ तारिख मा, भारत र बंगलादेशले संयुक्त रूपमा विश्वभर 'मैत्री दिवस' (मित्रता दिवस) मनाएको थियो। यस दिन भारतले बंगलादेशलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएको थियो।

“यस झरझरा सिमानाको अनुपम प्रकृतिलाई ध्यानमा राख्दै, जहाँ मानिसहरू सीमा नजिकै बस्छन् र जातीय र सांस्कृतिक सम्बन्ध साझा गर्छन्, प्रभावकारी सीमा व्यवस्थापन अपरिहार्य छ। बीएसएफले विगत पाँच दशकदेखि यो जटिल र बहुमुखी कार्य गरिरहेको छ।" ”जयशंकरले बताए।

"सीमामा शान्ति सुनिश्चित गर्न बीएसएफको योगदान र बंगलादेशी सीमा रक्षक (बीजीबी) को सहकार्य आवश्यक छ। यसले हाम्रा जनताहरू बीचको मित्रता कायम राख्न मद्दत गरेको छ।"

बीजीबी सँग साझेदारीमा, बीएसएफले परिचालन समन्वय सुनिश्चित गर्न र सामाजिक सम्बन्ध सुदृढ गर्न धेरै उपायहरू थालेको परराष्ट्र मन्त्रीले जानकारी दिनुभयो।

सन् १९७१ को युद्ध मा बीएसएफले खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै उनले सन् १९६५ मा पाकिस्तान बाट भारतको सिमानाको रक्षा‌ गर्न जन्मेको बीएसएफ त्यतिबेला पनि आफ्नो बाल्यावस्थामा रहेको बताए ।

धेरै तरिकामा, १९७१ को अनुभव बीएसएफ को लागि प्रेरणा भएको जयशंकरले बताउनुभयो।

यद्यपि, बीएसएफ सेना द्वारा प्रदर्शित असाधारण बहादुरी का कारण पूर्वी र पश्चिमी सीमा दुवैमा, भारतको पक्षमा नतिजामा आएको उनले बताए।

"हामी मध्ये कसैले पनि मार्च १९७१ मा बंगलादेशका जनता विरुद्ध पाकिस्तानी सेनाले सुरु गरेको नरसंहार अभियानलाई कहिल्यै बिर्सन सक्दैनौं। सर्चलाइट अभियान साँच्चै हालको इतिहासमा सामूहिक अत्याचार र क्रूर हत्याको सबैभन्दा भयानक उदाहरण हो," उनले भने।

"जब बंगलादेशका जनता बंगबन्धु शेख मुजिबुर रहमानको वीर नेतृत्वमा यस क्रूर दमनको विरुद्ध उठे, भारतमा उनीहरूलाई सहज समर्थन प्राप्त भएको थियो," मन्त्रीले सम्झे।

“बंगलादेशका जनताको प्रजातान्त्रिक अधिकारलाई कायम राख्ने सङ्घर्षमा समर्थन गर्ने हाम्रो राजनीतिक, कूटनीतिक र सैन्य प्रयासहरू ले अहिले राम्ररी मान्यता पाएका छन्। भारतको पूर्वी सिमानाको रक्षा गर्दै, बीएसएफले तत्काल यी घट्नाका परिणामहरूको साना गर्नुपर्यो।"उनले भने।

“दश लाख शरणार्थी भारत आएका थिए, सीमा क्षेत्रमा शिविरमा बसेका थिए। भारतका जनताले आफ्ना उत्पीडित दाजुभाइहरूलाई आफ्नो हृदय खोलेर समर्थन गरेका थिए। बीएसएफले अतुलनीय कुशलता र करुणाका साथ जमीनमा विकसित परिस्थितिलाई व्यवस्थित गरेका थिए।"

बीएसएफका जवान मार्फत भारतीय जनताको उदारताले बाटो पाएको उल्लेख गर्दै उनले पाकिस्तानी सेनाको अत्याचारबाट भागेका र बंगलादेशको स्वतन्त्रता सङ्घर्षमा भाग लिइरहेकाहरूलाई बीएसएफका जवानले नैतिक र भौतिक सहयोग गरेको बताए।

"जब अवामी लिगका नेताहरूले भारतमा शरण लिए, बीएसएफ तिनको, सञ्चार माध्यम पनि बनेका थिए। बीएसएफले निर्वासनमा रहेका सरकार र मुक्ति आन्दोलनलाई मार्गदर्शन गर्ने मुक्ति वाहिनीलाई समर्थन गरेर पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।"

बंगलादेश सरकारले स्वतन्त्रता संघर्ष मा बीएसएफका पूर्वी सिमानाका महानिरीक्षक स्वर्गीय श्री गोलक मजुमदारको योगदानलाई मान्यता दिएको थियो र उहाँलाई 'बंगलादेशको मित्र' को सम्मान प्रदान गरेको थियो।

"यसको ऐतिहासिक भूमिकाको निर्माण गर्दै, बीएसएफले बंगलादेशसँग भारतको बलियो संलग्नतामा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। शान्तिपूर्ण सीमा कायम राख्नु, सीमापार अपराध र अन्य गैरकानूनी गतिविधि रोक्नु सीमावर्ती क्षेत्र र बाहिरको स्थायित्व र समृद्धिका लागि महत्त्वपूर्ण छ,” जयशंकरले भने।

भारत र बंगलादेश बीच नयाँ र पहिले अवस्थित रेलमार्ग, सडक र जलमार्ग खोल्ने सन्दर्भमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै, विदेश मन्त्री ले मानिसहरूको निर्बाध आवतजावतको लागि बहुमुखी सीमापार सम्पर्क लाई अझ बढावा दिन धेरै प्रयासहरू भइरहेको बताए।

"परिणामस्वरूप दुबै देशहरू बढ्दो व्यापार साझेदारी मा संलग्न छन्। दक्षिण एसियामा बंगलादेश भारतको सबैभन्दा ठूलो व्यापार साझेदार र विश्वको चौथो ठूलो निर्यात गन्तव्य हो। भारत बंगलादेशको दोस्रो ठूलो व्यापार साझेदार हो। कोभिड अवरोधका बाबजुद द्विपक्षीय व्यापार अहिले १० अर्ब अमेरिकी डलर पुगेको छ,’ उनले भने।

"हाम्रो अन्तरसम्बन्धले कोविड पछिको संसारमा नयाँ आयामहरू ग्रहण गरिरहेको छ जहाँ हामीले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्दै आपूर्ति श्रृंखलाहरू खुला राख्न र मानिसहरूको आवागमनलाई सहज बनाउने लक्ष्य राखेका छौं," उनले भने।

“यस गतिलाई कायम राख्न सडक, भूमि भन्सार नाका र एकीकृत भन्सार नाका लगायत सीमा पूर्वाधारको सुधार महत्वपूर्ण छ। सुरक्षा, व्यापार र मानिसहरूको आवागमनका लागि सीमा पूर्वाधारको स्तरवृद्धि गर्न "सरकारको सम्पूर्ण" दृष्टिकोणमा बीएसएफ एक प्रमुख साझेदार हो।"

"दक्षिण एसियामा उप-क्षेत्रीय एकीकरण साझा प्राथमिकतामा परेपछि, बीएसएफले परम्परागत र उदीयमान सुरक्षा खतराहरूको सामना गर्दै निर्बाध आवतजावतलाई सहजीकरण गर्न पनि बढ्दो रूपमा महत्त्वपूर्ण भूमिका खेल्नेछ," उनले भने।

"बंगलादेशी समकक्षसँग बीएसएफको निरन्तर संलग्नता यस प्रयासको केन्द्रबिन्दु रहेको छ।"