रावलपिंडीमा शेख मुजिबुर रहमान गिरफ्तार भएदेखि नै युद्धको बारेमा उन्माद फैलिएको थियो

बिहीबार १९७१ मा पाकिस्तान माथि भारतको जीत को ५० वर्ष पूरा भएको वार्षिकोत्सव मनाइएको छ। यस अवसरमा युद्ध मा सामेल भएका दिग्गजले त्यसबेला आफूहरुले भोग्नु परेको समस्या तथा अनुभव साझा गरेका थिए।

गुजरातको पश्चिमी तटमा भारतीय नौसेना जहाज कृष्णमा खटिएका २३ वर्षीय फ्लाइट लेफ्टिनेन्ट कमाण्डर (सेवानिवृत्त) अजय कुमार रे ले भने, "रावलपिंडीमा शेख मुजिबुर रहमान गिरफ्तार भएदेखि नै युद्धको बारेमा उन्माद फैलिएको थियो।"

‘अक्टोबरमा मनसुन सकिएपछि सबै तयारी पूरा गरेर भारतीय सेना, नौसेना र वायुसेना सतर्क थिए र पाकिस्तानसँग युद्धको तयारी गरिरहेका थिए।'

"डिसेम्बर ३ तारिख मा जब पाकिस्तानी वायुसेनाले पश्चिमी क्षेत्रमा लगभग १०-१२ वटा भारतीय हवाई क्षेत्रहरूमा बमबारी गर्न थाल्यो तब युद्ध अन्ततः सुरु भयो।"

"डिसेम्बर ४-५ तारिख को रातमा भीषण लडाइँ भयो र गुजरातको तटमा गस्तीमा रहेका तीनवटा भारतीय युद्धपोतले ३ पाकिस्तानी युद्धपोतलाई डुबाए र केही अन्य सहयोगी जहाजहरूलाई क्षति पुर्याए,"

"फेरि डिसेम्बर ९-१० तारिख मा, हाम्रो जहाजले क्षेप्यास्त्र आक्रमण गर्यो जसले कराची तेल उधोग मा क्षति पुर्यायो। पाकिस्तानको सम्पूर्ण बन्दरगाह दिनको उज्यालोमा धुवाँमा डुबेको थियो।"

"पूर्ण युद्धविरामको घोषणा पछि डिसेम्बर १६ तारिख मा, मुख्य युद्धपोतहरू मुम्बई फर्किए र हाम्रो जहाज २० डिसेम्बरमा फिर्ता आयो,"

“हाम्रो जहाजमा ताजा पानी थिएन, खानाको अभाव थियो, चपाती र खिचुडी मात्रै खुवाउँथ्यौं। हामी धेरै दिनदेखि नुहाएका थिएनौं। तर छ महिनासम्म हाम्रो मनोबल उच्च थियो,”

"हाम्रो दिमागमा युद्ध चलिरहेको थियो,"

पठानकोट वायुसेना अड्डाम प्राविधिक सहयोगी इन्जिनियरका रूपमा तैनाथ रहेका अर्का युद्धका अनुभवी विङ कमाण्डर आनन्दमय बागचीले डिसेम्बर ३ देखि १६ तारिख सम्मको आफ्नो अनुभवलाई भयावह भएको बताए।

"महिनौं देखि युद्धको प्रत्याशामा उच्च सतर्कता थियो र हामी तयारीमा लगभग थकित थियौं। तर डिसेम्बर ३ मा मात्रै वायुसेवा मा आक्रमण सुरु भयो र अन्तत: युद्ध सुरु भएकोमा हामी ढुक्क भयौं,’ उनले भने।

“पाकिस्तानबाट प्रत्येक पटक सोर्टी आक्रमण हुँदा म र मेरा सहकर्मीहरू बंकरहरूमा शरण लिन्थ्यौं र धेरै आक्रमणहरू भएका दिनहरूमा हामीलाई शरण लिन पनि मुश्किल हुन्थ्यो। यो अनुभव निकै भयावह थियो।"

तत्कालीन भारतीय सेनामा मेजर रहेका पूर्व सेना प्रमुख जनरल (निवृत्त) शंकर राय चौधरीले यसअघि भारतले स्थापना गरेको मुक्ति वाहिनीमा काम गरेको आफ्नो अनुभव बताउनुभएको थियो।

त्यतिबेलाको अवस्थालाई अत्यन्तै जटिल र अन्योलपूर्ण बताउँदै जनरल राय चौधरीले मुक्ति वाहिनी र भारतीय सेना दुवै एउटै बलका अंग भएको बताए ।

“हामीले पाकिस्तानी सेनालाई उत्पीडन गरिरहने र अधिकतम हताहत गर्ने आदेशहरू पाएका थियौं। बंगलादेशका जनता हाम्रो पक्षमा थिए। त्यसकारण यो युद्ध जनयुद्ध को एक अनुपम नमुना थियो।"

“जबसम्म हामी मुक्ति वाहिनीमा थियौं, तबसम्म सादा लुगामा हिड्नु अनिवार्य थियो, किनभने त्यतिबेला युद्ध घोषणा भएको थिएन। एकचोटि, युद्धको घोषणा भएपछि, हामीले हाम्रो वर्दी लगायौं। यदि हामी पहिले नै वर्दी मा घुमेका भए हामी रजाकारहरूका निशाना बन्न सक्ने थियौं।"

१६ डिसेम्बरमा युद्धविराम घोषणा हुँदा उनी मुक्ति वाहिनीका साथीहरूसँग जेसोरमा थिए ।

“डिसेम्बर १६ मा ढाकामा भारतीय सेना त्यहाँ गएपछि ठूलो परेड भयो। हामी मुक्ति वाहिनीमा काम गरिरहेका थियौं र म मुक्ति वाहिनीका साथीहरूसँग जेसोरको उपनगरमा कतै एउटा रुखमुनि बसिरहेको थिएँ,” सेवानिवृत्त सेना प्रमुखले भने ।

“म सादा लुगामा थिएँ। मैले रेडियो मा समाचार सुन्न प्रयास गरिरहेको थिएँ, जुन राम्ररी काम गरिरहेको थिएन, तर हामीलाई भारतीय सेनामा रहेका हाम्रा दाजुभाइ र उनीहरूको राम्रो अभियान प्रति पूर्ण विश्वास थियो। विशेष गरी यस अभियानमा भारतीय सेनाको १६औं प्यारासुट ब्रिगेडले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।"