मध्य एसिया भारतको विस्तारित छिमेकी

मध्य एसिया राष्ट्रहरूहरु सँग सम्बन्ध सुदृढ बनाउने उद्देश्यले ताजिकिस्तानका विदेशमन्त्री सिरोजिद्दीन मुहरिद्दिनले डिसेम्बर १८ देखि २० तारिख सम्म नयाँ दिल्लीको औपचारिक भ्रमण गर्नेछन्। नयाँ दिल्लीले तेस्रो भारत-मध्य एसिया संवादको पनि आयोजना गर्नेछ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार आफ्नो साप्ताहिक प्रेस सम्मेलन मा यस बारे जानकारी दिएका छन्।

यस बारे जानकारी दिदैं बाग्चीले भने, " विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा ताजिकिस्तानका विदेशमन्त्री सिरोजिद्दीन मुहरिद्दिन डिसेम्बर १८ देखि २० तारिख सम्म नयाँ दिल्लीको औपचारिक भ्रमण गर्ने छन्।"

डिसेम्बर १८ तारिख मा ताजिक विदेशमन्त्री र भारतीय विदेशमन्त्री बीच द्विपक्षीय, क्षेत्रीय र आपसी हितका अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल हुनेछ।

यसका साथै तिनले द्विपक्षीय सहयोगको व्यापक समीक्षा पनि गर्नेछन्।

भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले अन्य विशिष्ट व्यक्तिसँग पनि भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

वर्षभरि दुवै पक्षबीच सक्रिय भ्रमण आदानप्रदान भएको बागचीले उल्लेख गरे।

विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची का अनुसार यस वर्ष भारतीय विदेश मन्त्रीले तीन पटक ताजिकिस्तान भ्रमण गरेका छन्। मार्च महिनामा आयोजित एसियाको मुटु सम्मेलन, जून महिनामा आयोजित एससीओ विदेश मन्त्री को बैठक र सेप्टेम्बर महिनामा आयोजित राज्य प्रमुख परिषद शिखर सम्मेलन मा सहभागी हुन उनी ताजिकिस्तान गएका थिए।

यसका साथै रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल एससीओ बैठकका लागि यस वर्ष जून महिनामा ताजिकिस्तान गएका थिए। त्यस्तै क्षेत्रीय सुरक्षा संवाद मा सहभागी हुन ताजिक पक्षबाट सुरक्षा परिषद्का सचिव फेब्रुअरी र नोभेम्बर महिनामा भारत भ्रमण गरेका थिए।

ताजिकिस्तानका विदेशमन्त्रीको भ्रमणले उच्चस्तरीय आदानप्रदानको गतिलाई निरन्तरता दिने र दुई देशबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने बागचीले बताएका छन्।

यसका साथै उनले अगाडि भने, " विदेश मन्त्री जयशंकरले डिसेम्बर १८-२० तारिख सम्म नयाँ दिल्लीमा भारत मध्य एशिया संवादको तेस्रो बैठकको आयोजना गर्नेछन्।"

बैठकमा भारतबाहेक काजकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका विदेशमन्त्री सहभागी हुने उनले जानकारी दिए।

सन् २०२० को अक्टोबर महिना मा भारतले वस्तुतः ढाँचामा यस बैठक को आयोजना गरेको थियो।

पछिल्ला केही वर्षदेखि भारत र ५ मध्य एसियाली देशबीच निरन्तर संलग्नता रहेको उनले बताएका छन्।

मध्य एसिया भारतको विस्तारित छिमेकी भएको पनि उनले उल्लेख गरेका छन्।

विदेश मन्त्री जयशंकरले यस वर्ष कजाकिस्तान, क्रिगिज गणतन्त्र, ताजिकिस्तान र उजबेकिस्तानको भ्रमण गर्नुभएको थियो र यस वर्ष अक्टोबरमा तुर्कमेनिस्तानका विदेश मन्त्री सँग भेट गर्नुभएको थियो।

डिसेम्बर १९ तारिख मा हुने भारत-मध्य एशिया संवादको तेस्रो बैठक मा सम्मिलित मन्त्रीहरुले व्यापार, सम्पर्क र विकास सहयोगमा विशेष ध्यान केन्द्रित गर्दै भारत र मध्य एशियाली देशहरू बीचको सम्बन्धलाई थप सुदृढ गर्न छलफल गर्ने अपेक्षा गरिएको छ।

उनीहरुबीच आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि विचार आदानप्रदान हुनेछ ।

यसका साथै मध्य एसियाली देशका विदेशमन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त शिष्टाचार भेट गर्ने अपेक्षा गरिएको छ।

भारत-मध्य एसिया संवादको वार्षिक बैठकको आयोजना सबै सदस्य राष्ट्रहरूको हितको प्रतीक हो। यस बैठक बाट उनीहरूबीच मित्रता, विश्वास र आपसी समझदारी को भावनामा थप बल पुग्ने विदेश मन्त्रालयका प्रवक्ता ले जनाएका छन्।