१९७१ युद्ध मा भारतको विजय को ५० वर्ष पूरा

१९७१ युद्धमा भारतको विजयको ५० वर्ष पूरा भएको स्मरण गर्दै, प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारतीय सशस्त्र सेना, मुक्तिजोद्धा, वीरंगना र वीरहरूका महान वीरता र बलिदान को प्रशंसा गरेका छन्।

ट्विटमा प्रधानमन्त्रीले भने, "५०औँ विजय दिवसको अवसरमा म भारतीय सशस्त्र सेनाका मुक्तिजोद्धा, वीरंगना र बहादुरहरूको महान वीरता र बलिदानलाई सम्झन्छु। सँगै मिलेर हामीले दमनकारी शक्तिहरू विरुद्ध लड्यौं र पराजित गर्‍यौं। ढाकामा राष्ट्रपति जीको उपस्थिति प्रत्येक भारतीयको लागि विशेष।"

रक्षा मन्त्री राजनाथ सिंहले पनि ‘स्वर्णिम विजय दिवस’ को अवसरमा १९७१ युद्धमा सशस्त्र बलको साहस, वीरता र बलिदानको सम्झना गर्नुभयो।

ट्वीटरमा उनले १९७१ युद्धलाई भारतको सैन्य इतिहासको सुनौलो अध्यायको रूपमा व्याख्या गर्नुभएको छ।

"स्वर्णिम विजय दिवस" को अवसरमा हामी १९७१ युद्धमा हाम्रो सशस्त्र सेनाको साहस र बलिदानलाई सम्झन्छौं।"

“सन् १९७१ को युद्ध भारतको सैन्य इतिहासको सुनौलो अध्याय हो। हामीलाई हाम्रो सशस्त्र बल र उनीहरूको उपलब्धिमा गर्व छ, ”उनले थपे।

विदेश मन्त्री एस जयशंकरले आफ्ना समकक्षी विदेश मन्त्री एके अब्दुल मोमेनलाई ५० औं विजय दिवस समारोहको अवसरमा बधाई दिएका छन्। दमन र नरसंहार विरुद्ध बंगलादेशका जनताको लडाईले हामीलाई सधैं प्रेरित गर्ने‌ उनले बताएका छन्।

"विदेश मन्त्री डा. एके अब्दुल मोमेन र बंगलादेशको सरकार र जनतालाई ५० औं विजय दिवसको अवसरमा हार्दिक बधाई।"

"उत्पीडन र नरसंहार बिरूद्ध बंगबन्धुको नेतृत्वमा बंगलादेशका जनताको वीर लडाईले हामीलाई सधैं प्रेरणा दिनेछ," उनले थपे।

विदेशमन्त्रीको ट्वीटमा थप भनिएको छ, "राष्ट्रपति जीको भ्रमणले हाम्रो साझा बलिदानबाट बनेको हाम्रो गहिरो मित्रता र विशेष बन्धन प्रतिबिम्बित गर्दछ।"