डिसेम्बर १६ तारिख मा प्रकाशित एक लेखमा इन्डिपेन्डेन्टले भन्यो: 'कश्मीरमा बन्द भएका मस्जिदले भारतको धार्मिक स्वतन्त्रतालाई बेवास्ता गर्दछ' दाबी:

इन्डिपेन्डेन्टको लेख अनुसार श्रीनगरको भव्य मस्जिद, जामिया मस्जिदमा प्रभावशाली मुख्य गेट र विशाल बुर्जहरू छन्। यसमा एकैसाथ ३३ हजार उपासकहरू अटाउन सक्छन्। मस्जिदको नेतृत्वमा विशेष अवसरहरूमा हजारौं मुस्लिमहरूले प्रार्थना गर्न नजिकका गल्लीहरू र सडकहरू भर्ने गर्दछन्। तर भारतीय अधिकारीहरूले मस्जिदलाई समस्याग्रस्त ठाउँको रूपमा हेर्छन्। यस मस्जिद लाई तिनले विवादित कश्मीर क्षेत्रमा भारतको सार्वभौमसत्तालाई चुनौती दिने विरोध र झडपहरूको एक केन्द्रको रुपमा हेर्ने गर्दछन्।

वास्तविक तस्वीर:

कोविड १९ महामारी का कारण कश्मीरका अधिकारीहरूले सन् २०२१ को अक्टोबर महिना देखि श्रीनगरस्थित जामिया मस्जिद सहित धेरै मस्जिदहरू बन्द गरेका छन्। कोभिड-१९ महामारीको दोस्रो लहर पछि, मस्जिद, मन्दिर र गुरुद्वाराहरू बन्द गरिएका थिए। अप्रिल २०२१ मा केन्द्र शासित प्रदेशमा पनि मस्जिद बन्द गरियो। यस क्षेत्रमा कोभिड-१९ का घट्ना घट्दा अगस्टमा यी पूजास्थलहरू खोलिएका थिए। अक्टोबरमा, केसहरूमा बृद्धि पछि, तिनीहरू बन्द गरियो र जामिया मस्जिद कुनै अपवाद थिएन।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार डिसेम्बर १४ तारिख सम्म, केन्द्र शासित प्रदेशमा कोविड-१९ सकारात्मक मामिलाहरूको कुल संख्या बढेर ३ लाख ३९ हजार २ सय ७१ पुगेको छ भने कश्मीर मा मृत्यु संख्या ४ हजार ५ सय ३ पुगेको छ। जम्मु मा मृत्यु संख्या २ हजार १ सय ९१ पुगेको छ। यसका साथै कश्मीर मा १ सय ७ जना नँया संक्रमित विरामी थपिएका छन् भने जम्मू मा ४० जना नँया संक्रमित विरामी थपिएका छन्। यसलाई ध्यानमा राख्दै शीर्ष सरकारी सञ्चालित अस्पताल जस्तै श्री महाराजा हरि सिंह अस्पताल, शेर-ए-कश्मीर चिकित्सा विज्ञान संस्थान र जवाहर लाल नेहरू मेमोरियल अस्पताल लगायतका अस्पतालहरूले कोविड-१९ मामिलाहरू कम नभएसम्म धार्मिक स्थल नखोल्न चेतावनी दिएका छन्।

डिस्प्याचमा पूरा लेख पढ्नुहोस्

https://www.thedispatch.in/friday-prayers-disallowed-at-major-shrines-masjids-in-jk/

दाबी:

इन्डिपेन्डेन्ट का अनुसार मुस्लिम समुदायका प्रमुख प्रार्थना को दिन शुक्रबार पनि उनीहरू मस्जिद जान पाएका छैनन्। अधिकारीहरूले मस्जिदलाई अन्य छ दिन खुला राख्न अनुमति दिएका छन् तर शुक्रबार भने बन्द गर्न लगाएका छन्।

वास्तविक तस्वीर:

श्रीनगर स्थित जामिया मस्जिदमा सामूहिक प्रार्थना गर्न अनुमति छैन किनकि अधिकारीहरूलाई भेलालाई भारत विरोधी तत्वहरूले देश विरुद्ध अवस्था सिर्जना गर्न प्रयोग गर्न सक्ने डर छ। वर्षौंदेखि, मस्जिदमा शुक्रबार हुने भेला मा कश्मीर द्वन्द्व बढाउन प्रयोग गरिने देखिएको छ। पाकिस्तान समर्थक तत्वहरूले स्वतन्त्र कश्मीर वा पाकिस्तानसँग विलयको माग गरेका छन्। वरपरका इलाकाहरूमा, भारत विरोधी विद्रोहको रूपमा ढुङ्गा प्रहार गर्ने प्रदर्शनकारीहरूले अक्सर सुरक्षा बलहरूसँग झडप गर्छन्। यही कारणले गर्दा जम्मु र कश्मीरका अधिकारीहरूले सन् २००८, २०१० र२०१६ मा अशान्तिको समयमा विस्तारित अवधिको लागि जामिया मस्जिदमा प्रार्थना गर्न प्रतिबन्ध लगाएका थिए।

फर्स्टपोस्टमा पूरा लेख पढ्नुहोस्:

https://www.firstpost.com/india/around-100-people-offer-prayers-at-srinagars-jamia-masjid-for-first-time-since-abrogation-of-article-370-in-jammu- and-kashmir-7801411.html

दाबी:

इन्डिपेन्डेन्ट का अनुसार धार्मिक स्वतन्त्रता भारतको संविधानमा समावेश गरिएको छ, जसले नागरिकहरूलाई स्वतन्त्र रूपमा धर्मको पालन गर्न अनुमति दिन्छ। संविधानले राज्यले "कुनै पनि धर्ममा भेदभाव, संरक्षण वा हस्तक्षेप नगर्ने" भनेको छ। तर कश्मीर मा नयाँ प्रशासनमा भारतको मुस्लिमहरूको अवस्था बिग्रँदै गएको छ।

वास्तविक तस्वीर:

ब्रिटिस दैनिकले विश्वमा अल्पसंख्यकहरूका लागि सबैभन्दा सुरक्षित ठाँउ मानिने भारतको बारेमा सत्यतथ्य प्रस्तुत गर्न आवश्यक छ। अल्पसंख्यकहरूको संवैधानिक, सामाजिक, सांस्कृतिक र धार्मिक अधिकारहरू विश्वका अन्य ठाउँको तुलनामा भारतमा सुरक्षित छन्। देशका अल्पसंख्यक मामिला मन्त्री मुख्तार अब्बास नक्वीले बारम्बार विभिन्न फोरमहरूमा भनेका छन्। बेंगलुरुबाट प्रकाशित एक प्रमुख समाचार दैनिक डेक्कन हेराल्डले प्रकाशित गरेको उनको बयान अल्पसंख्यकहरूको सुरक्षा र अधिकारको मुद्दामा स्पष्ट छ। उनले भारतमा बहुसंख्यक समुदायमा साम्प्रदायिक सद्भाव र सहिष्णुता रहेको र अल्पसंख्यकको सामाजिक, धार्मिक र संवैधानिक अधिकार देशमा पूर्णरुपमा सुरक्षित रहेको बताएका छन् ।

डेक्कन हेराल्डमा पूर्ण लेख:

https://www.deccanherald.com/national/rights-of-minorities-absolutely-safe-in-india-naqvi-772096.html

दाबी:

इन्डिपेन्डेन्ट का अनुसार नयाँ दिल्लीले कानून र व्यवस्थाको बहानामा उनीहरूको धार्मिक स्वतन्त्रतालाई रोकेको छ भने भारतभरबाट सयौं हजारौं हिन्दूहरूले भ्रमण गर्ने हिमालय गुफामा वार्षिक हिन्दू तीर्थयात्राको प्रचार र संरक्षण गर्दैछन्।

वास्तविक तस्वीर: कोभिड–१९ महामारीका कारण २०२० यता अमरनाथ यात्रा दुईपटक रद्द भइसकेको छ । जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै, गत वर्ष देशमा महामारी फैलिएपछि ५६ दिने अमरनाथ यात्रा रद्द गरिएको थियो। यो वर्ष पनि जून २८ देखि अगस्ट २२ तारिखसम्म यात्रा सुरु हुने भए पनि रद्द गरिएको थियो । "मानिसको जीवन बचाउनु महत्त्वपूर्ण छ। त्यसकारण, यो वर्षको तीर्थयात्रालाई व्यापक सार्वजनिक हितमा राख्नु उचित हुँदैन, ”जम्मु र कश्मीरका उपराज्यपालको कार्यालयले ट्वीट गर्‍यो।

एनडिटिभि मा पूरा लेख पढ्नुहोस्:

https://www.ndtv.com/india-news/amarnath-yatra-cancelled-for-the-second-year-in-a-row-2468996