कोभिड–१९ महामारी पछि राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण

राष्ट्रपति रामनाथ कोविन्द बुधबार सन् १९७१ को मुक्ति संग्रामको ५० औं विजय दिवस समारोहमा भाग लिन बंगलादेश प्रस्थान गरेका छन्। कोभिड–१९ महामारी पछि राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण हो ।

राष्ट्रपति भवनको ट्वीटरमा लेखिएको छ, "राष्ट्रपति रामनाथ कोविन्द मुजिब शतो वर्षो र बंगलादेश स्वतन्त्रता ५०औँ वार्षिकोत्सवको विशेष समारोहमा भाग लिन ढाकातर्फ प्रस्थान गर्दैछन्। कोभिड–१९ महामारी फैलिएपछि राष्ट्रपतिको यो पहिलो राजकीय भ्रमण हो ।

मंगलबार आयोजित विशेष प्रेस सम्मेलन मा बयान दिदैं परराष्ट्र सचिव हर्षवर्धन श्रृङ्लाले यो भ्रमण डिसेम्बर महिनाको १५-१७ तारिख सम्म ढाकामा हुने ५०औँ विजय दिवस समारोहको सन्दर्भमा हुने जानकारी दिएका थिए। यस ऐतिहासिक महत्व बोकेको कार्यक्रममा सम्मानित अतिथिको रूपमा उपस्थित हुन बंगलादेशका राष्ट्रपतिले भारतीय राष्ट्रपतिलाई निमन्त्रणा दिएका थिए।

राष्ट्रपति कोविन्दको साथमा केन्द्रीय शिक्षा राज्यमन्त्री डा. सुभाष सरकार र सांसद राजदीप रोय पनि रहने श्रृंगलाले जानकारी दिएका थिए ।

यो वर्ष ठूलो ऐतिहासिक महत्वको रहेको उल्लेख गर्दै परराष्ट्र सचिवले बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्तीको स्मरण गर्नुका साथै भारत र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पनि मनाइने बताएका थिए।

यस सन्दर्भमा उनले भने, " हाम्रा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएकोछ। सन् १९७१ को डिसेम्बर महिनाको १६ तारिख का दिन पाकिस्तानी सेनामाथि महान् विजय प्राप्त भएको थियो। पाकिस्तानी सेनाले भारतीय सशस्त्र सेना र बंगलादेशी सेना समक्ष बिना शर्त आत्मसमर्पण गरेका थिए।"

कोभिड महामारीको प्रकोप पछि भारतको राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण हुनेछ।

उनले अगाडि भने, " यस भ्रमणलाई दुवै देशले निकै महत्व दिएको छ। बंगलादेशले यस अवसरमा भारतीय राष्ट्रपतिलाई संयुक्त रूपमा सम्मानित अतिथिको रूपमा निमन्त्रणा गरेको छ जसमा उहाँ एक मात्र विदेशी विशिष्ट व्यक्ति हुनुहुन्छ।"

"त्यसै क्रममा हाम्रा राष्ट्रपति कोभिड महामारीपछि पहिलो पटक बाहिर निस्कनु पनि निकै महत्वपूर्ण छ," परराष्ट्र सचिवले थपे।

" अन्तिम पटक सन् २०१३ मा भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले बंग्लादेश को भ्रमण गरेका थिए। राष्ट्रपति जीको बंगलादेश भ्रमणमा धेरै महत्त्वपूर्ण तत्वहरू जोडिएका छन्, जसले भारत-बंगलादेश साझेदारीको बललाई झल्काउँछ।"

श्रीङ्लाका अनुसार राष्ट्रपतिले सावरस्थित राष्ट्रिय शहीद स्मारकमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेर बंगलादेश भ्रमणको सुरुवात गर्नेछन्।

त्यसपछि राष्ट्रपति बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्न बंगबन्धु स्मृति संग्रहालय जानेछन्।

भारतका राष्ट्रपतिले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने छन्।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भ्रमणमा रहेका भारतीय राष्ट्रपतिलाई भेट्ने जानकारी दिँदै परराष्ट्र सचिवले बंगलादेशका विदेशमन्त्री डा ए.के. अब्दुल मोमेनले भ्रमणमा रहेका राष्ट्रपति कोविन्दसँग पनि भेट गर्ने बताएका छन्।

बंगलादेशी राष्ट्रपतिले बुधबार भारतका राष्ट्रपतिको सम्मानमा बंगलादेशका राष्ट्रपतिको निवास बंगभवनमा रात्रिभोजको आयोजना गर्ने श्रृङ्लाले जानकारी दिएका छन् ।

डिसेम्बर तारिख दिउँसो, राष्ट्रपति कोविन्द राष्ट्रिय परेड मैदानमा आयोजना हुने विजय दिवस परेडमा सम्मानित अतिथिको रूपमा उपस्थित हुनेछन्। परेडमा भारतीय सशस्त्र सेनाको १ सय २२ सदस्यीय त्रि-सेवा दल समावेश छन् जुन धेरै अद्वितीय र विशेष हुनेछ।

त्यसै दिन साँझ, "मुजिब वर्षो" समारोहको समापनको उपलक्ष्यमा बंगलादेशका राष्ट्रपतिले संसद परिसरमा आयोजना गर्ने विजय दिवस स्वागत समारोहमा सम्मानित अतिथिको रूपमा भारतीय राष्ट्रपति उपस्थित हुनुहुनेछ।

यसका साथै उनी बंगलादेशी समाज, भारतीय समुदाय र बंगलादेशका सांस्कृतिक र ऐतिहासिक महत्त्वका ठाउँहरूमा अन्तरक्रिया गर्नेछन्। उनी डिसेम्बर १७ तारिख मा भारत फर्किनेछन्।

श्रृङ्लाले थप भने, " बंगलादेश हाम्रो 'छिमेक पहिलो नीति' को केन्द्रीय स्तम्भ हो। यस नीति ले हाम्रो पूर्व मा कार्य नीति का तत्वहरूसँग प्रतिच्छेद गर्दछ।"

मार्च महिनामा बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती, बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दी र भारत र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष मनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशको राजकीय भ्रमण गरेका थिए।

" महामारी पछि राष्ट्रपति र प्रधानमन्त्री को पहिलो वैदेशिक भ्रमण गन्तव्य बंगलादेश हुनुले हाम्रो दुई देशको सम्बन्ध कत्तिको महत्वपूर्ण छ झल्काउँछ।"

“बंगलादेश पनि मूल्य र सहयोगको दायराका हिसाबले हाम्रो सबैभन्दा महत्त्वपूर्ण विकास साझेदारहरू मध्ये एक हो। हामीले हाम्रो कुल विश्वव्यापी विकास सहायताको करिब एक तिहाइ सहयोग बंगलादेशमा विस्तार गरका छौं।"

"राष्ट्रपति जीको भ्रमण यी उत्साहजनक प्रवृत्ति र घटनाक्रमलाई ध्यानमा राख्ने अवसर मात्र होइन। यो नवीकरणीय ऊर्जा, डिजिटल क्षेत्रमा मिलेर काम गर्ने, २१औँ शताब्दीको शिक्षा र स्वास्थ्य सेवा लिङ्कहरू सिर्जना गर्ने जस्ता नयाँ सहयोगका क्षेत्रहरू खोज्ने अवसर पनि हो,” उनले भने।

"राष्ट्रपति जी यस ऐतिहासिक क्षण मा बंगलादेशका जनताको बीचमा हुनको लागि तत्पर हुनुहुन्छ, उहाँले आफूसँगै भारतीय जनताको शुभकामना सन्देश पनि‌ लगेका छन्। हामी बंगलादेशको विकास यात्रामा सहकार्य गर्नेछौं।"