गत वर्ष प्रधानमन्त्री मोदीद्वारा प्रज्वलित चारवटा मशाल देशका हरेक कुनामा पुगेको छ

प्रधानमन्त्री कार्यालयले जनाए अनुसार बिहिबार राष्ट्रिय युद्ध स्मारकमा आयोजना हुने स्वर्णिम विजय मशाल समारोह तथा श्रद्धाञ्जली र स्वागत समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन्।

प्रधानमन्त्री कार्यालय का अनुसार सन् १९७१ युद्ध मा भारतको विजयको ५० औं वार्षिकोत्सव तथा बंगलादेश को गठन को सम्झना स्वरूप सन् २०२० डिसेम्बर महिनाको १६ तारिख का दिन प्रधानमन्त्री मोदीले राष्ट्रिय युद्ध स्मारकमा अनन्त मशाल प्रज्वलित गरेका थिए।

उनीद्वारा प्रज्वलित चार मशाल चार दिशामा लगिने निश्चय गरिएको थियो। तसर्थ यी चार मशाल सियाचेन, कन्याकुमारी, अण्डमान र निकोबार टापुह, लोंगेवाला, कच्छको रण र अगरतला लगायत विभिन्न क्षेत्रमा लगिएको थियो।

यी चार मशाल युद्ध का प्रमुख क्षेत्र तथा १९७१ युद्ध का वीर को गाउँ घरमा पनि लगिएको थियो।
बिहिबार आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री मोदी ले यी चार मशाल लाई राष्ट्रिय युद्ध स्मारकमा प्रज्वलित अनन्त मशाल मा मिलाउनेछन्।

यसअघि आइतबार नयाँ दिल्लीमा रक्षामन्त्री राजनाथ सिंहले सशस्त्र बलको वीरता, व्यावसायिकता र भारत-पाकिस्तान १९७१ युद्धमा बंगलादेश स्वतन्त्रता मा तिनको योगदानको सम्झना स्वरूप स्वर्णिम विजय पर्वको उद्घाटन गर्नुभएको थियो।

यस कार्यक्रम मा वर्ष भरि मनाइएको यस विजय उत्सवको समापन गरिनेछ।

एक वर्ष लामो यस विजय मशाल को यात्रा को पनि समापन गरिनेछ। यात्रा को क्रममा सो विजय मशाल देशको कुना कुना मा पुगेको थियो। युद्ध मा शहीद भएका वीर का गाउँ मा गइ त्यहाँ को माटो पनि संकलन गरिएको थियो।