भारत जहिले पनि समुद्र, अन्तरिक्ष र वायुमार्गलाई स्वतन्त्र र खुला राख्न चाहन्छ तथा राष्ट्रहरूलाई आतंकवाद र डकैतीबाट सुरक्षित राख्न कार्य गर्न चाहन्छ

हिन्द महासागर र क्षेत्र सुरक्षित राख्न अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै विदेश राज्यमन्त्री राजकुमार रञ्जन सिंहले मंगलबार भारत जहिले पनि समुद्र, अन्तरिक्ष र वायुमार्गलाई स्वतन्त्र र खुला राख्न चाहेको तथा राष्ट्रहरूलाई आतंकवाद र डकैतीबाट सुरक्षित राख्न कार्य गर्न चाहेको बताएका छन्।

८औँ हिन्द महासागर संवादमा मुख्य सम्बोधन गर्दै, विदेश मामिला राज्यमन्त्री रञ्जन सिंहले भने, “भारतको हिन्द महासागर क्षेत्र प्रति को दृष्टिकोण सागर सिद्धान्तमा आधारित छ अर्थात् 'क्षेत्रमा सबैका लागि सुरक्षा र विकास', जसलाई हाम्रा प्रधानमन्त्रीले उल्लिखित गर्नुभएको छ। यस सिद्धान्तले राजनीतिक, सुरक्षा, आर्थिक र सामाजिक-सांस्कृतिक क्षेत्रहरू समेटेको छ।"

हिन्द महासागर क्षेत्र विश्वव्यापी वाणिज्य, ऊर्जा, वातावरणीय र भूराजनीतिक स्थायित्वका हिसाबले विश्वको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो र प्राकृतिक स्रोत र जैविक विविधताले भरिपूर्ण भएकाले यो विकास र समृद्धिको इन्जिन भएको उनले बताएका छन्।

रणनीतिक रूपमा भारत हिन्द महासागर क्षेत्रमा व्यापक तटवर्ती र धेरै टापुहरूको बीच अवस्थित भएकोले भारतमा लामो सामुद्रिक परम्परा रहेको उनले बताए।

यस क्षेत्रले भारतलाई शताब्दीयौंदेखि अन्य मुलुक सँग व्यावसायिक, सांस्कृतिक र धार्मिक सम्बन्ध बनाउन र सबैको हितलाई समेट्ने दृष्टिकोण विकसित गर्न मद्दत गरेको उनले बताए।

यस क्षेत्र प्रति भारतको दृष्टिकोण सागर अर्थात् 'क्षेत्रमा सबैका लागि सुरक्षा र विकास' मा आधारित रहेको उनको ठहर छ। प्रधानमन्त्री मोदी द्वारा उल्लिखित यो सिद्धान्त मा राजनीतिक, सुरक्षा, आर्थिक, र सामाजिक-सांस्कृतिक क्षेत्रहरू समेटिएका छन्।

सागर सिद्धान्तले हिन्द महासागर क्षेत्र र बृहत्तर हिन्द प्रशान्त क्षेत्रमा "विश्वास र पारदर्शिताको वातावरण, अन्तर्राष्ट्रिय सामुद्रिक नियमहरूको सम्मान, अन्तर्राष्ट्रिय कानून अन्तर्गत समान पहुँच, संवेदनशीलतामा आधारित शान्ति र समृद्धिको क्षेत्रको स्थापना, विवादको शान्तिपूर्ण समाधान र बढ्दो समुद्री सहयोग को परिकल्पना गर्दछ।

यसका साथै उनले हिन्द महासागर र प्रशान्त महासागर क्षेत्रहरूको अन्तरसम्बन्धलाई बिर्सन नहुने बताए। यस सम्बन्ध ले आईओआरए सदस्य राष्ट्रहरूका लागि अवसरहरू प्रस्तुत हुने‌ उनले उल्लेख गर्नुभयो।

हिन्द प्रशान्त अवधारणाले यी दुई महासागरहरूको अविवादनीय भौगोलिक तर्कलाई मान्यता प्रदान गर्ने उनको तर्क थियो।

सन् २०१९ मा भारतले हिन्द प्रशान्त महासागर पहल (आईपीओआई) घोषणा गरेको थियो। यस पहलले पनि सागर सिद्धान्त अनुरूप स्वतन्त्र, खुला, समावेशी र नियमहरूमा आधारित हिन्द प्रशान्त क्षेत्रको परिकल्पना गरेको उनले बताए।

हिन्द प्रशान्त क्षेत्रका साझा चुनौतिहरूको सहकारी समाधानका निम्ति एक सहयोग प्रयास स्वरुप आईपीओआई को बिकास भएको हो।

भारतले समुद्र, अन्तरिक्ष र वायुमार्गलाई स्वतन्त्र र खुला राख्न सधैं काम गर्ने उनले बताए। आतङ्कवाद र डकैती मुक्त राष्ट्र, विश्वव्यापी पहुँच र जिम्मेवार प्रयोग सुनिश्चितता, अवरोध मुक्त विश्वव्यापी साइबर-स्पेस र निष्पक्ष, पारदर्शी र सन्तुलित व्यापार प्रणाली; र समावेशी र दिगो राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी आर्थिक बृद्धिको लागि जडान विस्तार का लागि भारत इच्छुक रहेको पनि उनले जानकारी दिनुभयो।

कोभिड–१९ विश्वव्यापी महामारीको वर्तमान सन्दर्भलाई हेर्दा प्राय: संकट सिर्जनात्मकताको आधार बन्न सक्ने र हाम्रो प्रयास महामारीबाट अझ बलियो भएर बाहिर निस्कने हुनुपर्ने उनको भनाइ थियो।

कोरोनाभाइरस महामारीले अन्तर्राष्ट्रिय सहयोगको पुन: कल्पना गर्न र यसको महत्वाकांक्षालाई थप विस्तार गर्न नयाँ अवसर प्रदान गरेको उनको तर्क थियो।

हिन्द महासागर क्षेत्रले देखिरहेको महत्वपूर्ण सामाजिक-आर्थिक परिवर्तनलाई महामारीले स्पष्ट रूपमा गति दिएको पनि उनको भनाइ थियो।

यस सन्दर्भमा भारतले आफ्नो तर्फबाट बहुमुखी साझेदारी, उन्नत र मितव्ययी प्रविधिहरूको साझेदारी, खोप र औषधि उत्पादनमा सहयोग र स्वास्थ्य जानकारीमा पारदर्शितालाई बढावा दिन प्रयास गरिरहेको उनले जानकारी दिनुभयो।

महामारीको समयमा आफ्नै घरेलु चुनौतिहरूका बाबजुद भारतको योगदान विश्वलाई ज्ञात र स्वीकार्य भएको उल्लेख उनले भने, "हिन्द महासागर क्षेत्रमा हामीले खोप लगायतका चिकित्सा आपूर्ति को माध्यमबाट पूर्ण समर्थन र सहयोग प्रदान गरेका छौं।"

मानवीय र विपद् परिस्थिति मा राहत प्रदान गर्न भारत सँधै अगाडि रहेको र यो तथ्य महामारी संकट बेला पनि स्पष्ट भएको उनले बताए।

कोविड १९ महामारी बेला हिन्द प्रशान्त क्षेत्रमा भारतले समय मा नै अत्यावश्यक खाद्य वस्तुहरू, सुरक्षात्मक पोशाक र स्वास्थ्य सेवा उपकरणहरूको आपूर्ति गरेको थियो। यसका साथै भारतले द्रुत प्रतिक्रिया टोली, चिकित्सा सहायता टोली को तैनाथी गरेको थियो र महत्वपूर्ण औषधि र खोप, तरल अक्सिजन र कन्सेन्ट्रेटरको आपूर्ति गरेको थियो।

यसका साथै भारतले ८ सय २ स्वास्थ्य सेवा पेशेवर, प्रशासक, नर्स, सल्लाहकार, औषधि नियामक अधिकारी र हिन्द प्रशान्त क्षेत्रका अन्य सरोकारवालाहरूका लागि ईआईटेक कार्यक्रम सञ्चालन गरी अनलाइन प्रशिक्षण प्रदान गरेको उनले जानकारी दिए।

हिन्द महासागर संवाद मार्फत आईओआरए ले योगदान प्रदान गर्न सक्ने क्षेत्र को पहिचान गर्न सकिने बताउँदै उनले आईओआरए को व्यापकता विशाल भएको बताउनुभयो।

"आईओआरए बडापत्रका सिद्धान्तहरू र जकार्ता सम्झौतामा उल्लिखित हाम्रा नेताहरूको दृष्टिकोण हाम्रा मुख्य मार्गदर्शक दस्तावेजहरू हुन्। आफ्नो २५औं वार्षिकोत्सव वर्षमा आईओआरए ले हासिल गरेका उपलब्धिहरू र सिकेका पाठहरूलाई मात्र हेर्नु आवश्यक छैन तर अझ ठूलो उद्देश्य र महत्वाकांक्षाका साथ अगाडि बढ्नु आवश्यक छ।"

उनले यस सन्दर्भमा पूर्व प्रख्यात क्षेत्रीय संगठनको रूपमा आईओआरए को महत्वपूर्ण भूमिका रहेको विश्वास व्यक्त गरेका छन्। भारत आफ्ना अनुभव र स्रोतहरू साझा गर्न प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।