भारत अमेरिका द्विपक्षीय सम्बन्ध झन् सुदृढ: विदेश मन्त्रालय

भारत र अमेरिकाले वार्षिक द्विपक्षीय संवादको आयोजना गरेका छन्। दुबै पक्षले कन्सुलर मुद्दाहरूको द्रुत समाधानका लागि सहयोग, भिसाको सहजीकरण लगायत आपसी हितका क्षेत्रहरूमा छलफल गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार वाणिज्यदूतीय संवाद डिसेम्बर महिनाको १३ तारिख मा अमेरिकामा भएको थियो ।

विदेश मन्त्रालयका अनुसार संवादको क्रममा दुई देश बीच सुपुर्दगी मामिला, प्रवासी नागरिकहरूलाई विविध सेवाहरूको प्रावधान, बाल हिरासत, विवाह, धर्मपुत्र ग्रहण र दुई देशहरू बीच यात्राको सुविधा तथा पारिवारिक मुद्दाहरूमा छलफल भएको थियो।

यस सन्दर्भमा विदेश मन्त्रालयले भन्यो, " वार्ताले हाम्रो द्विपक्षीय सम्बन्धको बललाई पुष्टि गरेको छ। कोविड महामारी चुनौती को बावजूद सुरक्षित र जिम्मेवार यात्रा सुनिश्चित गर्न दुबै देशहरूले गरेका प्रयास सराहनीय छ।"

वाणिज्यदूतीय संवादमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव देवेश उत्तमले गरेका थिए भने अमेरिकी प्रतिनिधिमण्डलको तर्फबाट कन्सुलर मामिलाका सहायक विदेशमन्त्री रेना बिटरले प्रतिनिधित्व गरेकी थिइन्।