दक्षिण एसियाली राष्ट्र बंगलादेशको ५०औँ विजय दिवस समारोहमा सहभागी हुन राष्ट्रपति रामनाथ कोविन्द बंगलादेश भ्रमणमा

बंगलादेशको तीनदिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति रामनाथ कोविन्दले बुधबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेट गरी बहुपक्षीय र व्यापक द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्नुभएको छ।

बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणामा उहाँ बंगलादेश भ्रमण मा गएका हुन्। उनी बंगलादेशको ५०औँ विजय दिवस समारोहमा सहभागी हुने छन्।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बुधबार ट्वीट गर्दै भनेका छन्, "प्रधानमन्त्री शेख हसिनाले राष्ट्रपति कोविन्दसँग भेट गर्नुभयो।"

"दुवै पक्षले बहुआयामिक र व्यापक द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गरेका छन्,"

"दुई नेताहरूले १९७१ स्वतन्त्रता युद्धको पनि स्मरण गरे र #मैत्रीदिवसको संयुक्त उत्सवमा सन्तुष्टि व्यक्त गरे,"

यसअघि बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनले बंगलादेश भ्रमणमा रहेका भारतीय राष्ट्रपतिसँग भेट गरी संपर्क तथा जडान क्षेत्रमा द्विपक्षीय सहयोग र भावी संयुक्त परियोजनामा भएको उत्कृष्ट प्रगतिका बारेमा जानकारी गराएका थिए ।

राष्ट्रपति कोविन्दले राष्ट्रिय शहीद स्मारकमा बंगलादेश स्वतन्त्रता संग्रामका वीर शहीदलाई श्रद्धाञ्जली अर्पण गरेर आफ्नो तीन दिने राजकीय भ्रमणको सुरुवात गरेका थिए। पछि उनी बंगबन्धु स्मृति संग्रहालय गइ शेख मुजिबुर रहमानलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले लेखे: "मुक्ति संग्रामको आदर्शलाई साकार पार्न आफ्नो जीवन बलिदान गर्नेहरूको आत्माले हाम्रो विचार र कार्यलाई निरन्तरता प्रदान गरोस्।"