छैठौं वैश्विक प्रविधि सम्मेलन २०२१ मा बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सम्बोधन

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार भने, " साझा संस्कृति, नवप्रवर्तन र उद्यमशीलताको भावनाका साथ, भारत र बेलायत प्राकृतिक साझेदारहरू हुन्। दुई देश पहिले देखि नै ५जी टेलिकम लगायत बेलायत-भारत साझेदारीका धेरै उत्कृष्ट परियोजनाहरूमा सँगै काम गरिरहेका छन्।"

छैठौं वैश्विक प्रविधि सम्मेलन २०२१ मा सम्बोधन को क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने " हामी वर्तमान समयमा प्राविधिक युग मा छौं। यस्तो समय मा यो सम्मेलन हुँदै छ।"

" यस महामारी को समयमा प्रविधि ले हाम्रो धेरै सहयोग गरेको छ। प्रविधि ले मानिसलाई, देशलाई र महादेशलाई नजिक ल्याएको छ।'

"मानवताले‌ सामना गरेका केही ठूला चुनौतीहरूको जवाफ खोज्न मद्दत गर्ने प्रविधिको साथमा कृत्रिम बुद्धिमत्ता र क्वान्टम कम्प्युटिङले हामीलाई ठूलो फाइदा प्रदान गरेको छ।"

"यसै सन्दर्भमा प्रधानमन्त्री मोदी र मैले हाम्रा दुई देशहरूले आउँदै गरेको युगलाई आकार दिन मद्दत गर्ने प्रविधि र नियमहरूमा सहकार्य गर्न सहमत भएका थियौं।"

"निस्सन्देह यो भारत हो, गणित प्रतिभाशाली श्रीनिवास रामानुजनको भूमि जो नयाँ प्रविधिको साथ अगाडि बढिरहेको छ र जहाँ धेरै प्रतिभाशाली व्यक्तित्व छन्।"

"बेलायतमा हामी विज्ञान र प्रविधिको हाम्रो योजनालाई परिवर्तन गर्दैछौं। बेलायत पहिले नै एक प्राविधिक केन्द्र बनेको छ जसले धेरै लगानी आकर्षित गरिरहेको छ। हाम्रो देशमा १०० भन्दा बढी नँया व्यवसाय स्थापित छन्।"

" साझा संस्कृति, नवप्रवर्तन र उद्यमशीलताको भावनाका साथ, भारत र बेलायत प्राकृतिक साझेदारहरू हुन्। दुई देश पहिले देखि नै ५जी टेलिकम लगायत बेलायत-भारत साझेदारीका धेरै उत्कृष्ट परियोजनाहरूमा सँगै काम गरिरहेका छन्। त्यस्तै बेलायती नव व्यवसाय टाटा समूह र गोडरेज जस्ता भारतीय दिग्गजहरूसँग हरित ऊर्जा मा काम गरिरहेका छन्।"

" आउने दशकमा हामी भारत बेलायत सम्झौता २०३० मार्फत हाम्रो प्राविधिक र अन्य साझेदारी झन् बलियो र सुदृढ बनाउने छौं। हामी खुलापन र शान्तिका सिद्धान्तमा आधारित नयाँ प्राविधिक युगलाई आकार दिन मद्दत गर्नेछौं।"

यस सम्मेलन को विषय ' स्थानीय सँग विश्वको भेट' रहेको छ। डिसेम्बर महिनाको १४ तारिख देखि शुरु भएको यो सम्मेलन १६ तारिख मा समापन हुनेछ। यस सम्मेलन मा क्रिप्टोकरेन्सी, इन्क्रिप्सन, खोप आपूर्ति श्रृंखला, क्लाउड कम्प्युटिङ, हरित प्रविधि, डिजिटल भुक्तानी, साइबर सुरक्षा, र क्वाडमा विज्ञान तथा प्रविधि सहयोग लगायत उदीयमान प्रविधिका विविध विषयमा छलफल गरिनेछ।

सन् २०१६ मा स्थापना भएको यो वार्षिक सम्मेलन भू-प्रविधि सम्बन्धित एक प्रमुख कार्यक्रम हो। भारतीय विदेश मन्त्रालय र कार्नेगी भारत ले संयुक्त रूपमा यस सम्मेलन को आयोजना गर्दछन्।