हामीले विकास गर्ने नमुना विश्वका अन्य क्षेत्रमा हाम्रो उपस्थिति बढाउन प्रयोग गर्न सकिन्छ: परराष्ट्र सचिव

पश्चिम एसिया र चार देशका परियोजनाहरूमा भारत, इजरायल, युएई र अमेरिकाले सहकार्य गर्ने बताएका छन्। विश्वव्यापी हितका निम्ति यी चार मुलुकले प्रविधि, सीप, वित्त र परियोजना कार्यान्वयन मा तालमेल बढाउने र सहकार्य गर्ने उनले बताएका छन्।

सोमबार दुबईमा आयोजित भारत ग्लोबल फोरम २०२१ मा बोल्दै उनले भने: "साझेदारीका नयाँ र उदीयमान क्षेत्रहरू छन् जसले २१ औं शताब्दीको भारत-युएई सम्बन्धलाई बलियो बनाउन सक्छ। नँया व्यवसाय र प्रविधि ले नँया क्षेत्र प्रदान गरेका छन् जहाँ युएई ले भारतीय क्षमता र बजार मा लगानी गर्न सक्दछन्।"

"यस भावनाले भारत, इजरायल, युएई र संयुक्त राज्य अमेरिका बीचको नयाँ साझेदारीलाई निहित गर्दछ। हामी प्रविधि, सीप, वित्त, र परियोजना कार्यान्वयन क्षमताहरूमा समन्वय र पूरकता प्रदान गर्न चाहन्छौं जसले विश्वव्यापी हितलाई बढावा दिनेछ।"

"हामीले विकास गरेका नमुना विश्वका अन्य क्षेत्रहरूमा हाम्रो उपस्थिति बढाउन प्रयोग गर्न सकिन्छ।" परराष्ट्र सचिवले थपे।

सहकार्यका लागि ऊर्जा, खाद्य, पानी, स्वास्थ्य, यातायात र अन्तरिक्ष क्षेत्र पहिचान गरिएको उल्लेख गर्दै उनले उद्योगसँग परामर्श गर्दा ४ वटा विशेष आयोजना पहिचान भएको र सन् २०२२ को मार्च महिनामा दुबईमा हुने परराष्ट्रमन्त्रीहरुको बैठकमा टुंगो लगाइने जानकारी दिएका छन् ।

यसका साथै उनले सेमीकन्डक्टर, हरित हाइड्रोजन, खाद्य सुरक्षा, र ५ जी जस्ता अन्य क्षेत्रको पनि पहिचान गरिएको जानकारी दिएका छन्।

विदेश सचिवका अनुसार यस सम्बन्धको सबैभन्दा प्रमुख स्रोत युएईमा बस्ने ३५ लाख भारतीय हुन् । यस समुहले विदेशमा बसोबास गरेका सबैभन्दा ठूलो भारतीय समुदायको प्रतिनिधित्व गर्ने उनले जानकारी दिनुभयो।

स्वास्थ्य सेवा र सूचना प्रविधि प्रमुख आर्थिक संवाहकका रूपमा उदाएको बताउँदै श्रृङ्लाले स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोगले दुवैलाई परिवर्तन गर्ने बताएका छन्।

“महामारी पछि भारत विश्वमा स्वास्थ्य सेवा को प्रमुख आपूर्तिकर्ताको रूपमा उभिएको छ। अझ महत्त्वपूर्ण कुरा, अहिले लचिलो र भरपर्दो आपूर्ति शृङ्खलाहरू खोजिरहेको संसारमा, भारतले व्यवहारिक रूपमा कार्य गरेर देखाएको छ।"

महामारीको सबैभन्दा खराब परिस्थितिमा पनि, भारतले विश्वव्यापी नागरिकको रूपमा आफ्ना प्रतिबद्धताहरू पूरा गर्न सक्दो प्रयास गरेको थियो र सबैको फाइदाको लागि खोप र महत्वपूर्ण औषधि उत्पादनहरू निर्यात गरेको थियो।

आईटीमा भारतको शक्ति बारे सबैलाई जानकारी रहेको उल्लेख गर्दै उनले भारत बौद्धिक सम्पत्तिको स्रोत भएको बताए।

उनले भने " भारतमा सबैभन्दा छिटो दरमा नँया व्यापार व्यवसाय बढिरहेको छ।"

आधार, वा कोविन एप, वा प्रत्यक्ष लाभ स्थानान्तरण योजनाहरू, वा डिजिटल भुक्तानी इन्टरफेसहरू, वा फिनटेक समाधानहरू, यी मार्फत भारतले विचार र समाधान उत्पन्न गरेको व्याख्या गर्दै, उनले लाखौं मानिसको जनजीवन सुधार्न भारतले प्रविधि र आईटी को प्रयोग गरिरहने बताए।

" दूरदर्शी नेतृत्वको निर्देशनमा यस्ता आर्थिक लाभ उत्पन्न भइरहेको छ। यसले आगामी वर्षहरूमा एक सद्गुण चक्र उत्पन्न गर्नेछ। "

"महामारीले उत्पन्न गरेको मन्दीबाट प्रभावित भारतीय अर्थतन्त्र उकालो लाग्दैछ। यो विस्तारै आफ्नो मार्ग मा फर्किरहेको छ।"

"आर्थिक सर्वेक्षण २०२०-२१ ले पनि आर्थिक सुधार भइरहेको देखाएको छ। आरबीआईका अनुसार, यस वर्षको पहिलो त्रैमासिकमा भारतीय जीडीपी २०% ले बढेको छ।"

"आईएमएफले यस वर्षको लागि ९.५% वृद्धि दर प्रक्षेपण गरेको छ। २०२१ आर्थिक वर्ष मा कुल ८१.७२ अरब अमेरिकी डलर बराबरको एफडीआई प्रवाह भित्रिएको थियो। जुन अहिलेसम्मकै उच्च हो। व्यापार आंकडा आशाजनक छ।"

उनले सन् २०२१-२२ का लागि भारतले ४ सय अर्ब अमेरिकी डलर निर्यातको महत्वाकांक्षी लक्ष्य राखेको बताएका छन् ।

यस सन्दर्भमा उनले भने, " व्यापार सम्झौता वृद्धि गर्न निकै प्रयास गरिएको छ। अहिले युएई लगायत धेरै देशहरूसँग व्यापार सम्झौताहरू भइरहेका छन्। हाल बेलायत, ईयू, इजरायल र अन्य धेरै देशहरूसँग बहुपक्षीय ढाँचामा वार्ता भइरहेको छ।"