भारतीय र बंगलादेशी सेनाहरू मिलेर लडेको एक अनुपम उदाहरण

सन् १९७१ मा लडिएको बँगलादेश स्वतन्त्रता संग्रामको ५० औं वार्षिकोत्सव मनाउन ३० वीर मुक्तिजोद्ध र बंगलादेश सशस्त्र सेनाका छ सेवारत अधिकारीहरू स्वर्णिम विजय वर्ष समारोहमा भाग लिन भारत आउनेछन्।

यसका साथै बंगलादेश स्थित भारतीय उच्चायोगले मंगलबार एक ट्वीटमा जनाए अनुसार बंगलादेशको विजय दिवस समारोहमा सहभागी हुन ३० जना युद्ध दिग्गज र भारतीय सशस्त्र बलका ६ जना सेवारत अधिकारीहरू ढाका पुगेका छन्।

ट्वीटरमा भनिएको छ, " १९७१ को मुक्ति संग्रामको सम्झनामा वार्षिक रुपमा आयोजना हुने विजय दिवस समारोहमा उपस्थित हुन भारत र बंगलादेशले एक अर्काका युद्ध दिग्गज र सेवारत अधिकारीहरूलाई आमन्त्रित गर्दछन्।"

"हाम्रो अद्वितीय मित्रता मनाउन र मुक्ति युद्धको सम्झनाहरू नवीकरण गर्न बंगलादेश मुक्तिजोद्ध र भारतीय युद्ध दिग्गजहरूलाई एक मञ्च प्रदान गर्दछ।"

" भारत र बंगलादेशका दुई शक्तिहरू मिलेर अन्याय विरुद्ध लडेका थिए। उनीहरू पाकिस्तानी कब्जा बाट स्वतन्त्रता का निम्ति लडेका थिए। यो युद्ध आज अनुपम उदाहरण बनेको छ।"

यसअघि विजय दिवस–२०२१ को अवसरमा भारतीय वायुसेना र बंगलादेश सेना संयुक्त रुपमा एक कार्यक्रममा सहभागी भएका थिए। यस सन्दर्भमा भारतीय उच्चायोगको ट्वीटमा भनिएको छ, " हामीसँग यो अनौठो सम्मान साझा गर्नुभएकोमा बंगलादेशलाई धन्यवाद।"

सन् १९७१ को भारत-पाकिस्तान युद्धको स्वर्ण जयन्तीको सम्झनामा यो वर्षलाई ‘स्वर्णिम विजय वर्ष’का रूपमा मनाइँदैछ।

स्वर्णिम विजय वर्षको अवसरमा देशैभर विभिन्न स्मरण कार्यक्रम आयोजना गरिँदैछ ।

आइतवार, रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीमा भारत-पाकिस्तान १९७१ युद्धमा बंगलादेश मुक्तिमा सशस्त्र बलहरूको वीरता र व्यावसायिकता र उनीहरूको योगदानको सम्झनामा स्वर्णिम विजय पर्वको उद्घाटन गरेका थिए।

विजय वर्ष को ५० औं वार्षिकोत्सव को समापन यसै कार्यक्रम का साथ गरिनेछ।

आगामी दुई दिन प्रकाश र ध्वनि कार्यक्रम, कुकुर प्रतियोगिता, तातो हावा बेलुन का साथै कलारीपायट्टु, गत्का र खुक्री नृत्य प्रस्तुति जस्ता सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ।

यसका साथै युद्ध चलचित्र र १९७१ युद्ध को पूर्वी र पश्चिमी मोर्चा मा सञ्चालित प्रमुख अभियान चित्रण तथा एक भव्य युद्ध प्रदर्शनी पनि प्रदर्शन गरिनेछ।

पिटि-७६ ट्यांकर तथा पाकिस्तानी स्थान कब्जा गरिएको नमुना पनि प्रदर्शन गरिनेछ। यसका साथै युद्ध बेला सञ्चालित अभियानका चार प्रदर्शनी पनि देखाइनेछ।

एक वर्ष लामो अवधि मा स्वर्णिम विजय मशाल बोक्दै देशका वीर युद्ध मा शहीद भएका सेना का गाउँ गाउँमा गई माटो संकलन गरेका थिए। बिहिबार नँया दिल्ली मा हुने यस भव्य समारोह सँगै यस वर्ष लामो कार्यक्रम को पनि समापन गरिनेछ।