यही डिसेम्बर महिनाको १४ देखि १६ तारिख सम्म हुने यस शिखर सम्मेलनमा उदीयमान प्राविधिक विषयमा छलफल हुने

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मङ्गलबारदेखि हुने छैठौं वैश्विक प्रविधि शिखर सम्मेलनलाई (जीटीएस) सम्बोधन गर्नुहुने छ। यो सम्मेलन वस्तुतः ढाँचामा आयोजित हुनेछ।

यस शिखर सम्मेलनको विषय ' स्थानीय सँग विश्वको भेट' रहेको छ।

विदेश मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार यही डिसेम्बर महिनाको १४ देखि १६ तारिख सम्म हुने यस शिखर सम्मेलनमा क्रिप्टोकरेन्सी, इन्क्रिप्सन, खोप आपूर्ति श्रृंखला, क्लाउड कम्प्युटिङ, हरित प्रविधि, डिजिटल भुक्तानी, साइबर सुरक्षा, र क्वाड, विज्ञान तथा प्रविधि सहयोग लगायत उदीयमान प्रविधिका विषयमा छलफल गरिने छ।

एक सत्रमा, विदेश मन्त्री एस जयशंकरले सिंगापुरका राष्ट्रिय विश्वविद्यालयका निर्देशक सी. राजा मोहनसँग कुराकानी गर्नेछन्।

कोविड महामारीका कारण यस वर्ष को शिखर सम्मेलन वस्तुतः ढाँचामा आयोजित हुने भएको छ।

सन् २०१६ देखि यो सम्मेलन वार्षिक रूपमा आयोजना हुने गर्दछ। भारतीय विदेश मन्त्रालय र कार्नेगी भारत ले यसको संयुक्त रुपमा आयोजना गर्दछ।

प्रचलनमा रहेका प्राविधिक विषय मा छलफल गर्न, नीति निर्माण गर्न नीति निर्माताहरू र डोमेन विशेषज्ञहरू यस सम्मेलन मा सहभागी हुनेगर्दछन्।

यस शिखर सम्मेलनमा पनि सहभागी पात्रहरु यस प्रकार छन्:

स्लोभेनिया का विदेश मामिला मन्त्री

भारतीय शिक्षा र सीप विकास र उद्यमशीलता मन्त्री

विदेश, राष्ट्रमण्डल र विकास मामिला राज्य सचिव र बेलायतको महिला र समानता मन्त्री

डिजिटल ट्रान्जिसन र इलेक्ट्रोनिक सञ्चार राज्यमन्त्री, फ्रान्स

भारतीय विदेश मामिला र संसदीय मामिला राज्य मंत्री

भारतीय विदेश मामिला र संस्कृति राज्य मंत्री

भारतीय विदेश मामिला र शिक्षा राज्यमन्त्री

भियतनामका सूचना र सञ्चार उपमन्त्री।

शिखर सम्मेलनमा सय भन्दा बढी वक्ताहरू सहित ५० भन्दा बढी सत्रहरू हुनेछन्, जसमा प्रख्यात प्राविधिक कम्पनीहरूका उल्लेखनीय उद्योग नेताहरू र डोमेन विशेषज्ञहरू समावेश हुने छन्।

विदेश मन्त्रालयका अनुसार विश्वभरबाट २५ सय भन्दा बढी सहभागीहरूले शिखर सम्मेलनका लागि पूर्व-दर्ता गरिसकेका छन्।

९० भन्दा बढी देशका २० हजार भन्दा बढी व्यक्तिहरूले यस सम्मेलन को वेबसाइटमा पहुँच बनाइसकेका छन्। तसर्थ #ग्लोबलटेकसमिट मा विभिन्न सामाजिक सञ्जाल मार्फत ठूलो संख्यामा सहभागीहरू सामेल हुने अपेक्षा गरिएको छ।