ड्रोन, ड्रोन एप्लिकेसन, सेवा र प्रयोग प्रदर्शन गर्न ड्रोन मेलामा ३० भन्दा बढी प्रदर्शनी स्थल स्थापना

ड्रोन उत्पादनलाई बढावा दिन र ड्रोन जस्ता प्रविधिको उपयोगिता बारे मानिसहरूमा चेतना जगाउन, भारतले पहिलो पटक मध्य प्रदेशको ग्वालियरमा 'ड्रोन मेला' आयोजना गरेको छ।

शनिबार आयोजना भएको मेलामा ड्रोन निर्माता, सेवा प्रदायक, ड्रोन उत्साही र प्रयोगकर्ता समुदाय विशेषगरी विद्यार्थी, किसान र सहरका सर्वसाधारण नागरिक को सहभागिता रहेको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यस अवसरमा बोल्दै नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य एम सिन्धियाले भने, "ड्रोन मेला ग्वालियरको लागि ऐतिहासिक दिन हो। यसबाट हामी नयाँ क्रान्तिको साक्षी बनेका छौं । आगामी दिनमा ड्रोन प्रविधिले विश्वको अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तन ल्याउने छ। ड्रोन प्रविधि लाई बढावा दिने मध्य प्रदेश देशको पहिलो राज्य बनेको छ।"

नागरिक उड्डयन मन्त्रालय, मध्य प्रदेश सरकार, भारतीय वाणिज्य तथा उद्योग महासंघ को माधव प्रविधि तथा विज्ञान संस्थान, ग्वालियर ले संयुक्त रुपमा यस मेलाको आयोजना गरेका हुन्।

ड्रोन, ड्रोन एप्लिकेसन, सेवा र प्रयोग प्रदर्शन गर्न ड्रोन मेलामा ३० भन्दा बढी प्रदर्शनी स्थल स्थापना गरिएको थियो। यस मध्ये १२ वटा प्रदर्शनी स्पाइसएक्सप्रेस/थ्रोटल एयरोस्पेस, एस्टेरिया एयरोस्पेस लिमिटेड, मारुत ड्रोन, ड्रोन डेस्टिनेशन, एस एग्री उडान प्रालि, ओआरसी टेक इलेक्ट्रोनिक्स, एमपिसेडेक, बिसा किमित, स्काइलेन ड्रोनोटेक प्रा लि, आरभ जस्ता संस्थाहरूद्वारा गरिएको थियो।

कार्यक्रमको समापनमा विभिन्न ड्रोन कम्पनीहरूद्वारा ड्रोन दौड प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ ।