भारतीय एक्जिम बैंकद्वारा श्रीलंकाका ४ (चार) परियोजना का निम्ति ४३ करोड १४ लाख २० हजार अमेरिकी डलर बराबरको ऋण उपलब्ध, २ परियोजना सम्पन्न

भारतीय निर्यात आयात (एक्जिम) बैंकको टोली डिसेम्बर ७ देखि ९ तारिखसम्म श्रीलंका भ्रमण मा गएका थिए। भ्रमण का क्रममा टोलीले श्रीलंका मा सञ्चालित दुई सामुदायिक केन्द्रित प्राथमिकताका परियोजनाहरूको प्रगति समीक्षा गरेको भारतीय उच्चायोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतीय एक्जिम बैंकको ३ सदस्यीय टोलीले राष्ट्रिय निकासी बीमा खाता (बीसी-एनइआईए) कार्यक्रम अन्तर्गत क्रेता ऋण सुविधा अन्तर्गत सञ्चालित पोलगाहवेला र अलुथगामा एकीकृत खानेपानी आयोजनाको प्रगतिको समीक्षा गर्न श्रीलंकाको भ्रमण गरेको भारतीय उच्च अधिकारीले बताएका छन्।

यस टोलीमा शिल्पा वाघमारे, महाप्रबन्धक; सहायक महाप्रबन्धक मिताली पेंढारकर र प्रमुख प्रबन्धक रञ्जन रोय सम्मिलित थिए। तिनले शुक्रबार भारतीय उच्चायुक्त गोपाल बागलेसँग शिष्टाचार भेट गरी आयोजनाको प्रगति र भ्रमणका बारेमा जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ।

भारतीय एक्जिम बैंकले श्रीलंकाका ४ (चार) परियोजना का निम्ति ४३ करोड १४ लाख २० हजार अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएको थियो। ४ मध्ये २ परियोजना सम्पन्न भइसकेका छन्।

पोलगाहवेला र अलुथगामामा चलिरहेका २ (दुई) एकीकृत खानेपानी आयोजनाका लागि क्रमशः ९ करोड ८० लाख अमेरिकी डलर र १६ करोड ४९ अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराइएको थियो। सो ऋण राष्ट्रिय खानेपानी तथा ढल निकास बोर्ड, श्रीलंका लाई उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ।

भिए टेक वाबाग लिमिटेड ले पोलगाहवेला परियोजना र आयन एक्सचेन्ज (इंडिया) लिमिटेड ले अलुथगामा परियोजना कार्यान्वयन गरिरहेका छन्।

दुवै आयोजनाको करिब ९० प्रतिशत भौतिक कार्य सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा एक्जिम टोलीले आयोजनाको प्रगति मूल्याङ्कन गर्न अलुथगामा र पोलगाहवेलाका आयोजना स्थलहरूको भ्रमण गरेको र ठेकेदारहरूसँग अन्तरक्रिया गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक्जिम बैंक टोलीले श्रीलंकाको वित्त मन्त्रालय र राष्ट्रिय खानेपानी तथा ढल निकास बोर्ड कोलम्बो का विदेश स्रोत विभागका वरिष्ठ अधिकारीहरूसँग बैठक गरेको थियो।

उनीहरूले भविष्यमा बीसी-एनइआईए कार्यक्रम अन्तर्गत गर्न सकिने अन्य परियोजना बारे पनि छलफल गरेका थिए।

श्रीलंकाका खानेपानी आयोजनाहरू सामुदायिक केन्द्रित प्राथमिकताका आयोजना हुन्।

भिए टेक वाबाग लिमिटेड ले पहिले नै पानी प्रशोधन प्लान्टको आपूर्ति, निर्माण र सञ्चालन र डम्बुला क्षेत्रका ९ जलाशयहरूमा वितरण परियोजना सम्पन्न गरिसकेको छ।

एक्जिम बैंकले यी परियोजना कार्यान्वयन का निम्ति त्यस क्षेत्र का सार्वभौम सरकार र तिनीहरूका नामित सरकारी-स्वामित्व भएका संस्थाहरूलाई सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराएको थियो।

हाल बीसी-एनईआईए कार्यक्रम अन्तर्गत ९१ देशहरू सकारात्मक सूचीमा छन्।